20210928

पत्रकार विष्णुप्रसाद सुवेदी गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त

काठमाडौं / बर्तमान सरकारले पत्रकार विष्णुप्रसाद सुवेदीलाई गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त गरेर एउटा राम्रो काम गरेको छ । योग्य ब्यक्ती, सहि ठाउँँमा नियुक्त हुनुलाई सकारात्मक रुपमा लिइएको छ । मन्‍त्रिपरिषद्को बैठकले सुवेदीलाई गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाली व्यवसायिक पत्रकारितामा दुई दशकभन्दा बढी समय क्रियाशील रहेका सुवेदी यसअघि अन्‍नपूर्ण पोस्ट, नेपाल समय डटकमलगायतका सञ्चारमाध्यममा सम्पादक, डिजिटल सम्पादक तथा अन्य नेतृत्वदायी भूमिका रहेर काम गरेका थिए । २०५२ सालदेखि पत्रकारिता यात्रा थालेका सुवेदीले संसद, सुरक्षा, भ्रष्टाचार तथा राष्ट्रिय राजनीतिका महत्वपूर्ण मुद्दामा कलम चलाउँदै आएका छन् । आमसञ्चार तथा पत्रकारिता विषयमा एमफिल तहको अध्ययन गरेका सुवेदी मिडिया अध्यापन, शोध तथा तालिमलगायतका प्राज्ञिक अभ्यासमा पनि सहभागी हुँदै आएका छन् । पत्रकारिता क्षेत्रमा उनको व्यवसायिक योगदानको कदर गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा विभिन्‍न नागरिक संस्थाहरूबाट पुरस्कृत पनि भएका छन् । 


  हार्दिक बधाई र शुभकामना मित्र बिष्णु सुबेदीजी ! 

नेपाली पत्रकारिता क्षेत्रको एउटा शसक्त कलम, मुलधारको पत्रकारिताको एउटा बाहक, गुल्मेली माटोका उपज, मेरा प्रिय मित्र बिष्णु सुबेदी इतिहास बोकेको गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त हुनुभएकामा हार्दिक बधाई र कार्यकालको सफलताका लागि शुभकामना । 

- रामप्रसाद खनाल - प्रधान सम्पादक एबम 

नेपाल मदर डट कम परिवार, अमेरिका


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक