20210906

बारम्बार, हरेक दिन जसो यसै गरी त्रिभुवन बिमानस्थलले धेरै लाशका बाकस हरु बुझिरहेकै छ तर यी बाकसभित्रको कथा र ब्यथा बुझ्ने कसले !

 नेपालमा नेता र दलहरु राजनीतिको फोहोरी खेलमा ब्यस्त र मस्त रहेकै बेला वैदेशिक रोजगारीका लागि मलेसियामा गएका २० नेपालीको शव र अस्तुु एकै पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । त्यसमा आठ जनाको शव र १२ जनाको अस्तुु ल्याइएको हो । नेपाल एयरलाइन्सको वाइडबडीको विमानमार्फत मलेसियामा रोकिएका शव र अस्तुु शनिबार ल्याइएको वैदेशिक रोजगार बोर्डको सचिवालय मलेसियाले जनाएको छ ।

बोर्डका अनुसार कोभिड–१९ पछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकै पटक सङ्कलन गरेर ल्याउने गरिएको छ । कोभिडका कारण मृत्यु हुनेको अस्तुुमात्रै ल्याइएको छ भने अन्य कारणले मृत्यु भएका श्रमिकको शव नै ल्याइने गरेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिनुभयो । विमानस्थलमा आइपुगेका आठवटा शवमध्ये एक शव बौद्धधर्म मान्ने भएकाले काठमाडौँको बौद्धमा पु-याइएको छ । सातवटा शव शनिबार नै मृतकको घरसम्म पठाइएको छ । विदेशबाट आएका शवको बोर्डले निःशुल्क घरसम्म पु-याउने गरेको छ । शवसँगै आएका अस्तुु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर बुझ्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

मलेसियामा उडान भर्ने अन्य एयरलाइन्सले शव नल्याउने र नेपाल एयरलाइन्सको वाइडबडी नियमित रूपमा मलेसिया नजाने भएकाले नेपालीको शव लामो समयसम्म मलेसियामै रहने गरेको जनाइएको छ । मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार गएको अगस्टमा मात्रै मलेसियामा ११२ जना नेपालीको मृत्यु भएको छ । त्यसमध्ये ९६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । हृदयाघात, सवारी दुर्घटना, मदिरा सेवन, शरीरमा जटिल रोगले १६ जना नेपालीको मृत्यु भएको जनाइएको छ । स्मरण रहोस यस अघि पनि बारम्बार, हरेक दिन जसो यसै गरी त्रिभुवन बिमानस्थलले धेरै लाशका बाकस हरु बुझिरहेकै छ तर यी बाकसभित्रको कथा र ब्यथा बुझ्ने कसले ! 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक