20210906

तीजको मुखमै नेपालमा संखुवासभाको मादी उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्या

नेपालमा संखुवासभाको मादी उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको समाचारले सबैलाई आज स्तब्ध पारेको छ । तीजको मुखमै संखुवासभाको मादी नगरपालिका–१, उम्लिङस्थित खोला गाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ । गएराती स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । हत्या भएकाहरुको विभिन्न स्थानमा शव फेला परेको छ । मृतक तेज बहादुर वर्ष ५८ को घर नजिकै रोडको भित्तामा, उनकी आमा पार्वती वर्ष ८० को घरैमा, श्रीमती मनमाया वर्ष ५६ र बुहारी रञ्जना वर्ष २८ को खोला किनारमा, नाती दिपेन वर्ष १० र नातीनी गोमा वर्ष ५ को घर माथि खरबारीमा शव भेटिएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए । तेजबहादुरका १० जना परिवार मध्ये जेठो छोरो रमेश

मलेसिया र कान्छा छोरा नरेश वैदेशिक रोजगारीमा दुवईमा रहेका छन् । नरेशकी श्रीमती तारा कार्की झापाको दमकमा बस्दै आएका छन । घटनाको थप विवरण बुझ्नका लागि डीएसपी सुवेदीसहितको प्रहरी टोली घटनास्थल पुगिसकेको छ ।

६ जना मारिँदा जिबित रहेका ९० वर्षीय बौद्धमान कार्की न राम्ररी कान सुन्छन्, न आँखा देख्छन् । बिरामी र वृद्धावस्थाले ओछ्यानमा थला परेका यी वयोवृद्धले अब आफ्नो बाँकी जीवन एक्लै काट्नुपर्ने भएको छ । संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्या गरिँदा बौद्धमान मात्रै जिवित रहे । उनी भाग्यले बाँचेका हुन् वा हत्याराले उनलाई छोडिदिएका हुन् भन्ने प्रहरी अनुसन्धानबाट खुल्नेछ । प्रारम्भिक बयानमा उनले आफूले केही थाहा नपाएको बताएका छन् । हत्याकाण्ड हुँदा उनी घरमै थिए ।

हत्याराहरूले ७ वर्षकी बालिकादेखि ८४ वर्षकी वृद्धासम्मलाई छोडेनन् । बौद्धमानकी पत्नी ८४ वर्षिया पार्वती कार्की र उनीहरुकी ७ वर्षिया नातिनी गोमा कार्कीको हत्या भएको छ । अन्य मृतकहरूमा ५२ बर्षीय तेजबहादुर कार्की र श्रीमती ५२ बर्षीया कमला कार्की, ३२ बर्षीया रञ्जना कार्की र ११ बर्षिय दिपेन कार्की रहेका छन् । तेजको दुई छोरा विदेशमा छन् । जेठो छोरा रमेश मलेसियामा छन् भने कान्छो नरेश दुबईमा छन् । रमेशको श्रीमती रञ्जना र छोराछोरी  गाेमा र  दिपेनकै हत्या भएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार यो हत्याकाण्ड निकै रहस्यमय देखिएको छ । घटना कहिले र कतिबेला भएको हो भन्ने पनि एकिन हुन सकेको छैन । छिमेकीहरुले आज बिहान ९ बजेमात्रै थाहा पाएका थिए । ६ जनाको शव यततत्र छरिएको अवस्थामा भेटिएको छ ।

घटनास्थलको प्रकृति हेर्दा राति गराइएको जस्तो नदेखिएको मादी नगरपालिका १ का वडाअध्यक्ष खेमनाथ कटुवालले बताए । उनले भने, ‘शवको प्रकृति तथा लुगा–जुत्ताहरूको अवस्था हेर्दा राति भएको देखिदैन । लखेटेर हत्या गरिएकोजस्तो देखिन्छ ।’ घटनाको विषयमा छिमेकीले वडाध्यक्षलाई र वडाध्यक्षले प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालयबाट आएको प्रहरी निरीक्षकसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । ६ जनामध्ये ४ जनाको शव छुट्टाछुट्टै ठाउँमा भेटिएको थियो । ५२ वर्षीया कमला कार्की र ३२ वर्षीया रञ्जना कार्कीको शव घर छेउको खोल्सामा भेटिएको छ भने छोरा तेजकुमार कार्कीको शव सडकमा भेटिएको छ । २ जना नातिनातिनी दिपेन र गोमाको शव घरमाथि खरबारीमा भेटिएको छ । ८४ वर्षीया पार्वतीको शव घरभित्रै थियो । दुई सय मिटर घर भएका छिमेकीहरुले पनि घटनाबारे केही थाहा नपाएको बताएका छन् । वृद्धले कसैसँग आफूहरूको कुनै रिसइबी नभएको बताएका छन् । वडाध्यक्ष कटुवालले पनि सो परिवारको कसैसँग झगडा भएको आफूले थाहा नपाएको बताए । कटुवालका अनुसार उनीहरु खेतिकिसानी गर्ने सामान्य परिवार हुन् ।

 

GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक