20211018

म्यानमारको सरकारले सैन्य कू को विरोधमा जेल परेका ५ हजार बढी कैदीलाई मुक्त गर्ने


म्यानमारको सरकारले सैन्य कू को विरोधमा जेल परेका ५ हजार बढी कैदीलाई मुक्त गर्ने भएको छ । सैन्य नेताहरुले सत्ता कब्जा गरेपछि हजारौं मानिसहरु रक्तपातपूर्ण प्रदर्शनको क्रममा हिरासतमा थिए । विद्रोही नेता मिन आङ लेइङले ५ हजार ६ सय ३६ कैदीलाई मानवीय कारणले रिहा गरेको उल्लेख गर्नु भएको छ । म्यानमारका क्षेत्रीय नेताहरुको वार्षिक शिखर सम्मेलनमा गैर राजनीतिक व्यक्तिलाई आमन्त्रित गरेपछि सरकारका तर्फबाट यस्तो भनाई आएको हो । प्रजातन्त्रवादी नेतृ आङसान सुकीलाई सत्ताबाट हटाइएपछि भएको प्रदर्शनका क्रममा सेनाको कारबाहीमा परि एक हजार १ सय ७८ जना सर्वसाधारणको ज्यान गएको थियो भने ७ हजार ३ सय ५५ जनालाई पक्राउ गरिएको थियो ।  


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक