20211031

दीपावलीमा विजुलीको माग बडी हुने भए पनि ग्राहकका लागि पर्याप्त विजुली : नेपाल विद्युत प्राधिकरण


 नेपालमा दीपावलीमा विजुलीको माग बडी हुने भए पनि ग्राहकका लागि पर्याप्त विजुली वितरण गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । औसत माग भन्दा तीन सय मेगावाट विद्युत जगेडा रहेकाले दीपावलीका बेला विजुली आपूर्तिमा कुनै पनि समस्या नहुने प्राधिकरणका प्रवक्ता सुरेसबहादुर भट्टराईले बताउनुभयो ।

पिक आवरमा १२ सय मेगावाट विद्युतको माग हुने गर्छ तर प्राधिकरणले १५ सय मेगावाट विद्युत सप्लाइ गर्न सक्ने क्षमता भएकाले विद्युत आपूर्तिमा कुनै पनि समस्या नहुने उहाँले बताउनुभयो । पर्याप्त विद्युत भएका कारण यस वर्ष विद्युत व्यवस्थापनका लागि कुनै पनि योजना नबनाएको प्राधिकरणले जनाएको छ । गत वर्षको तिहारको समयमा उच्चतम ११ सय २० मेगावाटसम्म विद्युत माग भएको प्राधिकरणको तथ्याङ्क छ ।

डिमान्डभन्दा सप्लाइमा विद्युत क्षमता बढी रहेकाले कुनैपनि अवस्थामा विजुली नजाने प्राधिकरणले जनाएको छ । तर प्रकृतिक समस्या र प्रशारण लाइनमा समस्या भएमात्र समस्या हुने तर नोलाइटको समुह २४ घण्टा तयारी अवस्थामा हुने भएकाले ग्राहकले अन्धकारमा बस्नु नपर्ने जनाएको छ । 

गोरखापत्रका अनुसार हाल रातको समयमा नौ सय मेगावाट न्यूनतम् र १२ सय मेगावाट पिकआवर (६–१० बजे) मा माग हुने गरेको छ । जडित क्षमता १६०० मेगावाट र माग भने १२ सय मेगावाट छ, थप चारसय मेगावाट विद्युतको व्यवस्थापन अझै हुन सकेको छैन ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक