20211031

इजलास तोकेपनि सुनुवाइ हुन सकेन, सेवाग्राहीहरु पनि मर्कामा, राजीनामा माग्दै आन्दोलन !

 प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दाको सुनुवाइका लागि इजलास तोकेपनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश राणाको एकल इजलासमा मात्र सुनुवाइ भयो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीशले मुद्दाको सुनुवाइका लागि पेसी तोकेपनि प्रधानन्यायाधीशको एकल इजलासमा मात्र सुनुवाइ भएको बताउनुभयो । गत आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि प्रश्न उठाउँदै न्यायाधीशहरु इजलासमा उपस्थित हुनुभएको छैन ।

प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरुलाई पनि संविधान र कानुनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गर्नुभएको छ । अदालतमा बेञ्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । यसका कारण टाढाबाट आएका सेवाग्राहीहरु पनि मर्कामा परेका छन् ।

यता प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलनमा रहेको नेपाल बार एसोसिएसनले आज सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ । न्यायालयमा देखिएको विवादको निकास दिन माग गर्दै बारले ५ दिने अल्टिमेटम सहित कालोपट्टी बाँधेर अदालत परिसरमा विरोधको कार्यक्रम गरको हो । बारको विरोध कार्यक्रम आजदेखि तीन दिनसम्म सञ्चालन हुने बारले जनाएको छ ।

प्रधानन्यायाधीश र न्यायाधीशहरुवीचको विवादले सर्वोच्चको कामकाज विगत केही दिनदेखि प्रभावित हुँदै आएको छ । प्रधानन्यायाधीशको एकल बाहेक अन्य पेसीको सुनुवाइ हुन सकेको छैन ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक