20211026

कविता : हैजा

भाग बिलो लगायौ आखिर 
लगाउनै नहुने त्यहाँ पनि....,
र त्यो पनि !
खसी बोकाको मासु, 
बिलो लगाए जसरी गाउँमा !
दियौ पनि 
लियौ पनि  
पायौ पनि 
खायौ पनि 
लयौ पनि 
भयौ पनि 
गयौ पनि
एकाएक,  
हैजा सुरु भैसकेको छ गाउँमा अहिले 
भाग पाउने लखतरान छन्
गर्छन् आँगनको डिलमा बसेर 
उक्क उक्क ! 
गर्दा गर्दा बान्ता,
आउँछ तितो पानी मात्र मुखमा 
आन्द्रा भुँडी निस्केला जस्तो 
अहो नसोध 
भैराछ कस्तो कस्तो ! 
औषधीले काम गर्न छोडेको छ अहिले 
तर, 
भाग बिलो लाउने 
पाउने  
खाने
जाने
लाने 
यिनीहरूलाई लाग्नु पर्ने हैजा 
एक जनालाई मात्र लागेको छ अहिले सम्म 
फैलिन बाँकी छ गाउँमा अझै 
सुरुवात मात्र भएको छ एक ठाउँमा 
लौन हैजा, 
आइज यिनीहरूलाई लैजा !
किनकि बँचाउनु छ सिङ्गो गाउँ
हैजाको महामारीबाट !
- रामप्रसाद खनाल, अक्टोबर २६, २०२१

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक