20211025

राष्ट्रिय सभाको दुई वर्षे पदावधि सकिन लागेका १९ सदस्यको स्थानमा निर्वाचनको तयारी, रिक्त हुनेमा एमालेका ८, माओवादी केन्द्रका ४, एकीकृत समाजवादीका ४, काँग्रेसका ३ र मनोनित एक

 निर्वाचन आयोगले राष्ट्रिय सभाको दुई वर्षे पदावधि सकिन लागेका १९ सदस्यको स्थानमा निर्वाचनको तयारी अघि बढाएको छ । तयारी स्वरुप आज आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर परामर्श गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी फागुन २० गते म्याद सकिने भएकाले त्यसको तयारी स्वरुप प्रधानमन्त्री देउवाको परामर्श लिएको बताउनुभयो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन– २०७५ मा कार्यकाल सकिनुभन्दा कम्तीमा ३५ दिनअघि चुनाव

गर्नुपर्ने प्रावधान छ । 

सोही प्रावधान अनुरुप माघको पहिलो हप्ताभित्र निर्वाचन गर्न मिति तोक्ने विषयमा छलफल भएको उहाँको भनाई छ । संसद सचिवालयले राष्ट्रिय सभाका ५९ मध्ये १९ जना सदस्यको कार्यकाल २० फागुनमा सकिने भएकाले चुनाव गरिदिन निर्वाचन आयोगलाई पत्र पठाएपछि आयोगले निर्वाचनका लागि तयारी गरेको हो । भेटमा उपनिर्वाचन अन्तर्गत खाली रहेका २२ ठाउँको निर्वाचन र मतदाता नामावलीलाई व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो । 


 राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालसहित २० सदस्यको पद आगामी फागुनमा रिक्त हुने भएको छ। निर्वाचन आयोगले रिक्त २० सदस्यको निर्वाचन गर्न माघ पहिलो साता सिफारिस गरेको छ। रिक्त हुनेमा एमालेका ८, माओवादी केन्द्रका ४, एकीकृत समाजवादीका ४, काँग्रेसका ३ र मनोनित एक रहेका छन्।


२०७४ फागुनमा राष्ट्रियसभाको पहिलो निर्वाचन भएको थियो । त्यसबेला ६० जनामध्ये गोला तानेर कार्यकाल तय भएको थियो । पहिलो एक तिहाई सदस्य २ वर्षे कार्यकाल सकेर विदा भएका छन् ।



दोस्रो एक तिहाई अर्थात २० जनाको कार्यकाल गोला तानेर ४ वर्ष तोकिएकोमा अब सकिदैछ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित २० जना भने पूरा ६ वर्षे कार्यकाल पूरा गर्नेमा पर्छन् ।


एमाले:

परशुराम मेघी गुरुङ

कोमल वली

सुमनराज प्याकुरेल

कविता बोगटी

चक्र स्नेही

नैनकला ओझा

रामलखन चमार

अगम वान्तवा राई


माओवादी केन्द्र:

दीनानाथ शर्मा

शशिकला दाहाल

जीवन बुढा

खिमकुमार विक


एकीकृत समाजवादी:

ठगेन्द्रप्रसाद पुरी

शेरबहादुर कुँवर

उदया शर्मा पौडेल

शान्तिकुमारी अधिकारी


कांग्रेस

राधेश्याम अधिकारी

दीर्घनारायण पाण्डे

तारादेवी भट्ट


मनोनित:

रामनारायण बिडारी 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक