20211025

अफगानिस्तानमा चरम भोकमरीको अवस्था आउन सक्ने चेतावनी

 

राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले तत्काल कुनै ठोस कदम नचालिए अफगानिस्तानमा चरम भोकमरीको अवस्था आउन सक्ने चेतावनी दिएको छ । अफगानिस्तानको आधा भन्दा बढी जनसंख्या २ करोड २८ लाख बढी अहिले नै खाद्य संकटको जोखिममा रहेको बताइएको छ । यस्तै ५ वर्ष मुनिका ३२ लाख भन्दा बढी बालबालिका कूपोषणको शिकार भएको राष्ट्रसंघले जनाएको छ । अफगानिस्तानमा देखा परेको पछिल्लो गम्भीर अवस्थालाई ध्यानमा राखेर त्यहाँ तत्काल मानवीय सहायता उपलब्ध गराउनुपर्ने राष्ट्रसंघले जनाएको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक