20211025

नेपालमा देशभरि आज ७ सय ७६ जना कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु, चीनमा फेरि कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिन थाल्यो

 नेपालमा देशभरि आज ७ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार ८ सय ६४ नमुनाको परीक्षण गर्दा ७ सय ७६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । गएको २४ घण्टामा ५ सय १ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार कोरोनाबाट निको भएको दर ९७ दशमलव ३ प्रतिशत छ । आज कोरोना सङ्क्रमणबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय ६१ पुगेको छ । देशभर १० हजार ३ सय ६० जना कोरोनाका सक्रिय सङ्क्रमितले होम तथा संस्थागत आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् ।

उता चीनमा फेरि कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिन थालेको छ । चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सकाअनुसार चीनका ११ वटा प्रान्तमा कोरोना संक्रमण फैलिएको छ । चिनियाँ जनस्वास्थ्यविद्हरूले सन् २०२० को जुलाईमा नान्जिङको अवस्थाभन्दा झन् खराब हुन सक्ने चेतावनी दिएका छन् । तर सबै मापदण्ड र संयन्त्र परिचालन गरिएमा एक महिनाभित्र संक्रमण नियन्त्रणमा आउने विज्ञहरूको भनाइ छ ।

गत साता चीनमा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये १ सय ६ जना विभिन्न ठाउँ घुम्नेहरू थिए । ग्लोबल टाइम्सका अनुसार संक्रमण पुष्टि हुनेहरू विभिन्न १३ वटा समूहका छन् । पछिल्लो समय ‘इनर मंगोलिया अटोनोमस रिजन’मा बढी संक्रमण देखिएको छ । अक्टोबर १७ देखि चीनका विभिन्न ठाउँमा संक्रमण देखिएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । संक्रमणको मुख्य कारण अन्तरक्षेत्रीय पर्यटन रहेको आयोगले जनाएको छ । चीनमा फेरि कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिन थालेको छ ।

 चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सकाअनुसार चीनका ११ वटा प्रान्तमा कोरोना संक्रमण फैलिएको छ । चिनियाँ जनस्वास्थ्यविद्हरूले सन् २०२० को जुलाईमा नान्जिङको अवस्थाभन्दा झन् खराब हुन सक्ने चेतावनी दिएका छन् । तर सबै मापदण्ड र संयन्त्र परिचालन गरिएमा एक महिनाभित्र संक्रमण नियन्त्रणमा आउने विज्ञहरूको भनाइ छ । गत साता चीनमा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

त्यसमध्ये १ सय ६ जना विभिन्न ठाउँ घुम्नेहरू थिए । ग्लोबल टाइम्सका अनुसार संक्रमण पुष्टि हुनेहरू विभिन्न १३ वटा समूहका छन् । पछिल्लो समय ‘इनर मंगोलिया अटोनोमस रिजन’मा बढी संक्रमण देखिएको छ । अक्टोबर १७ देखि चीनका विभिन्न ठाउँमा संक्रमण देखिएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । संक्रमणको मुख्य कारण अन्तरक्षेत्रीय पर्यटन रहेको आयोगले जनाएको छ । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक