20211025

सात प्रदेशमा आठ अर्बको क्षति !

 अघिल्लो हप्ता परेको बेमौसमी बर्षाका कारण धानबालीमा भएको क्षतिको प्रारम्भिक विवरण आएका छन् । देशका सातै प्रदेशमा भएको क्षतिको प्रारम्भिक विवरण प्राप्त भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । प्रारम्भिक विवरण अनुसार आठ अर्व २६ करोड ८० लाख रुपैँया बढीको धानबाली क्षति भएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताउनुभयो । बर्षाका कारण ८५ हजार ५८० हेक्टर क्षेत्रफलमा क्षति

पुगेको छ भने दुई लाख ८५ हजार ५०९ हेक्टर क्षेत्रफलमा असर परेको छ । जसका कारण तीन लाख २५ हजार २५८ मेट्रिक टन धान नष्ट भएको मन्त्रालयका प्रबक्ता प्रकाशकुमार सञ्जेलले बताउनुभयो ।

प्रदेश १ का झापा ,मोरङ् र सुनसरी तीन जिल्लामा सात हजार ४९२ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ । प्रदेशभर ८० करोड रुपैँया बढीको २८ हजार ४६९ मेट्रिक टन धानमा बर्षाले क्षति पुर्याएको मन्त्रालयले जनाएको छ ।

प्रदेश २ का सप्तरी,सिराहा र सर्लाही तीन जिल्लामा पाँच हजार ३५५ हेक्टर क्षेत्रफलमा लगाईएको धानमा क्षति पुगेको छ । प्रदेशभर ५६ करोड रुपैयाँ बढीको २० हजार ३५० मेट्रिक टन धानमा बर्षाले क्षति पुर्याएको छ ।

बागमती प्रदेशका चितवन र नुवाकोट दुई जिल्लामा ५३० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ । प्रदेशभर ५ करोड ८० लाख बढीको दुई हजार ६८ मेट्रिकटन धानमा बर्षाले क्षति पुर्याएको छ ।

यस्तै गण्डकी प्रदेशका स्याङ्जा,कास्की र पूर्वि नवलपरासी तीन जिल्लामा एक हजार १९२ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ । प्रदेशभर १३ करोड बढीको चार हजार ५३० मेट्रिकटन धानमा बर्षाले क्षति पुर्याएको छ ।

लुम्बिनी प्रदेशका बाँके,बर्दिया, कपिलबस्तु र रुपन्देही चार जिल्लामा ४२ हजार ४२७ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ । प्रदेशभर चार अर्व ५१ करोड बढीको एक लाख ६१ हजार ४२३ मेट्रिकटन धानमा बर्षले क्षति पुर्याएको छ ।

कर्णली प्रदेशका डोल्पा,जुम्ला ,सल्यान र सुर्खेत चार जिल्लामा १० हजार ५८४ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ। प्रदेशभर ३० करोड बढीको ४० हजार २१९ मेट्रिकटन धानमा क्षति पुर्याएको छ ।

यस्तै सुदूरपश्चिमका कैलाली र कञ्चनपुर दुई जिल्लामा १८ हजार हेक्टर क्षेत्रफलमा लगाईएको धानमा क्षति पुगेको छ । प्रदेशभर एक अर्ब ९१ करोड रुपैँयाभन्दा धेरै मुल्यको ६८ हजार चार सय मेट्रिकटन धानमा बर्षाले क्षति पुर्याएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक