20211025

पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर ४ को थाक्लेमा बस दुर्घटना हुदा ४ जनाको मृत्यु

 

पाँचथर- पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर ४ को थाक्लेमा बस दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ भने बसमा सवार ३७ जना गम्भीर घाइते भएका छन् । दुई जनाको घटनास्थलमा र दुई जनाको उपचारको क्रममा मृत्यु भएपनि मृतकको वारेमा अझै आधिकारिक जानकारी दिइनसकेको हाम्रा समाचादाता विजयवोध लावतीले जानकारी दिनु भएको छ ।

आज बिहान ११ बजे फिदिम बजारबाट निबु खोलामा यात्रु लिन गएको मे १ ख ३८६५ नम्बरको बस सडकबाट पचास मिटर तल खसेर दुर्घटना हुदा सो हताहती भएको हो । घाइतेहरुलाई उपचारको लागि पाँचथर जिल्ला अस्पतालमा लगिएको प्रहरी नायब निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो । बसमा ६४ जना यात्रु सवार रहेको बताइएको छ ।


 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक