20211004

माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई चिप्लिन्छन कि चिप्लाउँछन् बालुवाटार प्रकरणमा ?

 


ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले १५ कात्तिकमा फैसला सुनाउने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले सो प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउने आयोगको निर्णयविरुद्ध परेको रिटमा फैसला सुनाउने मिति तोकेको हो । काठमाडौँको बालुवाटारस्थित

ललिता निवासको सरकारी जग्गा नेता नेपाल र भट्टराई प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषद्ले व्यक्तिको नाममा सार्ने गरी निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको सो निर्णय नीतिगत भएको भन्दै अख्तियारले पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन नमिल्ने निर्णय गरेको थियो । सो निर्णय कानुन विपरीत रहेको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक