20211007

भारतले व्यवसायिक ड्रोनको प्रयोग गरेर विकट गाउँ गाउँसम्म कोरोना भाइरस विरुद्धको खोप पुर्‍याउन सुरु

 भारतले व्यवसायिक ड्रोनको प्रयोग गरेर विकट गाउँ गाउँसम्म कोरोना भाइरस विरुद्धको खोप पुर्‍याउन सुरु गरेको छ । भारत सरकारका वरिष्ठ वैज्ञानिक समिरान पान्डाका अनुसार उत्तरपूर्वी क्षेत्रका मणिपुर र नागाल्याण्ड लगायतका राज्यस्थित विकट गाउँमा खोप पुर्‍याउन ड्रोनको प्रयोग गरिएको हो ।  भारतले ४ दशमलव ५ किलो भार बोक्न सक्ने ड्रोनको प्रयोग गरिरहेको छ । जसले ९ सय डोज कोरोना खोप बोक्न सक्छ र कम्तीमा ७० किलोमिटर टाढासम्म उड्न सक्छ । विशेषत भारतले २०२१ को अन्त्यसम्ममा सबै नागरिकलाई कोरोना खोप लगाउने लक्ष्य राखेको छ । हालसम्म ९२ करोड डोज कोरोना खोप लगाइसकेको भारतले दाबी गरेको छ । भारतमा अहिलेसम्म तीन करोड ३० लाख कोरोना संक्रमित फेला परेका छन् भने मृत्यु हुनेको संख्या चार लाख ४० हजारभन्दा धेरै छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक