20211007

इथियोपियाले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेर संयुक्त राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गरेको छ : राष्ट्रसंघका महासचिव

 संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इथियोपियाले संयुक्त राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गर्न पाउने अधिकार नरहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकमा बुधवार उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको थियो– इथियोपियालाई त्यस्तो अधिकार छैन, उसले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेर संयुक्त राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गरेको छ । इथियोपियाले हालै मात्र एक सूचना जारी गरेर आफ्नो देशबाट संयुक्त राष्ट्रसंघका कर्मचारीले देश छोड्नुपर्ने बताएको थियो । इथियोपियाले ७२ घण्टाको समय दिएर देश छोड्न जारी गरेको सूचना कानून विपरीत रहेको भनी संयुक्त राष्ट्रसङ्घ र अन्य देशले त्यसको विरोध गरेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक