20211004

विमान दुर्घटना हुँदा सबार आठ जनाको मृत्यु


इटालीको मिलान शहरमा रहेको एउटा खाली कार्यालय भवनको माथि पट्टी उडिरहेको विमान दुर्घटना हुँदा विमानसमा सबार आठै जनाको मृत्यु भएको छ । निजी क्षेत्रको सो विमानमा सबार सबैको मृत्यु भएको बताइएको छ । सार्डिनिया टापुसँग आवद्ध सो विमान लिनेट विमास्थलबाट उडान भरेको केही समयमा नै तल खसेको बताइएको छ ।

विमानका चालक रोमानियाली अर्वपति ६८ वर्षीय डेन पेट्रस्कु रहेको बताइएको छ । चालकका साथ उहाँ श्रीमती र छोरा समेत विमानमा सवार रहेको इटालियन संचार माध्यमहरुले जनाएका छन् ।

खाली कार्यालय र कयौं कारहरु पार्क भएको स्थानमा विमान खसेको थियो । तर जमिनमा रहेका कसैको पनि दुर्घटनामा परी मृत्यु नभएको बताइएको छ । विमान दुर्घटनाको कारण खुल्न सकेको छैन ।

यस विषयमा छानविन गरिने बताइएको छ । केही प्रत्यक्षदर्शीहरुका अनुसार विमान खस्नु अघि नै एउटा इन्जिनमा आगो लागेको थियो । साथै ठूलो आवाज सहित विमान विष्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक