20211028

संयुक्त राष्ट्र संघका २८ जना कर्मचारीको ज्यान गयो

 संयुक्त राष्ट्र संघले पछिल्लो ६ महिनाको अवधिमा विभिन्न हिंसात्मक गतिविधिका क्रममा आफ्ना २८ जना कर्मचारीको ज्यान गएको जनाएको छ । राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार राष्ट्रसंघका ७ जनाको द्वन्दका क्रममा र अन्य २१ जनाको अन्य सुरक्षा सम्बन्धी घटनाका कारण मृत्यु भएको हो । यस्तै सन् २०१९ यता ३० जना राष्ट्रसंघीय कर्मचारी अपहरणमा परेको प्रतिवेदनमा उल्लेख छ। सन् २०१९ ६ जना राष्ट्र्रसंघीय कर्मचारी अपहरणमा परेकोमा सन् २०२० मा सो संख्या १७ पुगेको र २०२१ को पहिलो छ महिनामा अन्य सात जना कर्मचारी अपहरणमा परेको राष्ट्रसंघले उल्लेख गरेको छ । प्रतिवेदनका अनुसार १८ महिनाको अवधिमा हिंसात्मक गतिविधिका कारण १ सय ५३ र सुरक्षासम्बन्धी घटनाका कारण १ सय ५७ जना कर्मचारी घाइते भएका छन् । २ हजार २ सय १७ कर्मचारी विभिन्न घटनाका कारण प्रभावित भएका छन् । राष्ट्रसंघले आफ्ना कर्मचारीहरुको संकट मोलेर काम गरिरहनुपरेको तथ्य समेत प्रतिवेदनमा समेटेको छ । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक