20211117

आफ्नै माटोमा बसेर आफ्नै माटोका कुरा !

४ दिन यता काठमाडौँ मा छु, सहयात्री पत्रकार, कलाकार साथीहरू, आफन्तजन सबैसँग अझै भेटघाट गर्न भ्याएको छैन । पत्रकार साथीहरू, विभिन्न टेलिभिजन, रेडियो, पत्र पत्रिका, अनलाइन मिडियाहरूबाट साथीहरूले सम्झिरहनुभएको छ । अन्तर्वार्ता का लागि समय मागिरहनुभएको छ तर मैले सबै साथीहरूलाई हुन्छ, आउँछु  भन्न नपाएकोमा सबैभन्दा पहिला क्षमा याचना गर्दछु । केही समय म पारिवारिक र कर्तव्यका कर्म निर्वाह गर्ने क्रममा व्यस्त भएकोले मित्रहरूका आग्रहहरू पुरा गर्न पूर्ण समर्थ छैन । बिस्तारै सहज बनाउने प्रयास गर्ने नै छु । 
 पत्रकार उमेश सुबेदीजीले करिब एक वर्ष अघि देखि अमेरिकामै सम्पर्क गरेर यो अन्तर्वार्ता लागि मलाई चुकाउनुभएको थियो । धन्यवाद उमेशजी र चुरो कुरो टिभी प्रस्तुत अन्तर्वार्ताका लागि । म राजनीतिबाट पूर्ण रूपमा अलग र स्वतन्त्र र सामान्य मान्छे हुँ । कसै प्रति व्यक्तिगत रूपमा कुनै दुराग्रह छैन । राम्रो लाई राम्रो भन्छु नराम्रो लागे नराम्रो । भित्र एक थोक, बाहिर एक थोक यस्तो गर्न कहिल्यै सकिन । नेपालवाद मन पराउने म बोल्ने क्रम मा कहीँ कतै कुनै त्रुटि भए क्षमा याचना गर्दछु । तपाईँ हामी सबैको जय होस । नेपाल आमाको जय होस । धन्यवाद ।
राम प्रसाद खनाल 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक