20211118

प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीशहरू इजलासमा बस्न इन्कार गरेपछि आजका लागि गठन गरिएको नौ इजलास मध्ये तीन वटा इजलासमा मात्र मुद्दाको सुनुवाइ

 सर्वोच्च अदालतका न्यायाधीशहरू इजलासमा बस्न इन्कार गरेका कारण आज पनि मुद्दाको सुनुवाइ प्रभावित भएको छ । प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीशहरू इजलासमा बस्न इन्कार गरेपछि आजका लागि गठन गरिएको नौ इजलास मध्ये तीन वटा इजलासमा मात्र मुद्दाको सुनुवाइ भएको छ । अरू ६ वटा इजलास बस्न सकेन । तीमध्ये चार न्यायाधीशहरुले भने मङ्गलवारदेखि बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सुनुवाइ थालेका छन् । नौ वटा इजलासमा कुल २ सय ५९ मुद्दाको पेसी तोकिए पनि आज तीमध्ये २१ वटा मुद्दामा मात्र सुनुवाइ भएको हो ।

आज बसेको तीन वटा इजलासमध्ये दुई वटामा मुद्दा तामेलीमा राख्ने र अर्को एउटा इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गरी आदेश जारी भएको छ । अर्को एउटा इजलास भने आजका लागि तोकिएका ५ वटा मुद्दाका निवेदन तर्फका कानुन व्यवसायीका कारण सुनुवाइ स्थगित गरिएको छ । प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीशहरूले तीन सातायता बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेर्न इन्कार गर्दै आएका छन् । 

यसैबिच, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबिच झडप हुँदा आज आठ जना कानुन व्यवसायी घाइते भएका छन् । 

प्रहरीको लाठी प्रहारबाट नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, केन्द्रीय सदस्य प्रकाश महर्जनसहित आठ जना कानुन व्यवसायी घाइते भएका छन् । यस्तै केही प्रहरी पनि घाइते भएका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीलाई सर्वोच्चको वैकल्पिक गेटमा धर्ना दिन जाने क्रममा प्रहरीले लाठी प्रहार गर्दा आठ जना कानुन व्यवसायी घाइते भएको नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

बारका केन्द्रीय सदस्य प्रकाश महर्जन गम्भीर घाइते भएर अस्पताल भर्ना गरिएको र अरू को अवस्था सामान्य रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

नेपाल बारले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर केही दिनयता अदालत प्रवेशमा रोक लगाउने सर्वोच्चको मूल गेटमा धर्ना दिँदै आएको छ । कानुन व्यवसायीले मूल गेटमा धर्ना दिँदै आएका कारण जबराले केही दिनयता वैकल्पिक गेटबाट अदालत प्रवेश गर्दै आउनुभएको छ । बहस पैरवीसमेत रोकेर आन्दोलनमा उत्रिएको नेपाल बारले प्रधानन्यायाधीश जबराको राजीनामा नआउन्जेलसम्म आन्दोलन जारी रहने जनाएको छ । 

प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एसोसिएसन आन्दोलनमा छन् । 

सर्वोच्च अदालत प्रांगणमा प्रशासनले कानून व्यवसायीमाथि बल प्रयोग गरेको छ । सर्वोच्चको गेटमा धर्ना दिन लाग्दा उनीहरुलाई प्रहरीले धकेल्दै रोक्न खोजेको थियो । सोही क्रममा घाइते भएका नेपाल बारका कार्यसमिति सदस्य प्रकाश महर्जनलाई अस्पताल लगिएको छ ।घम्साघम्सीका क्रममा बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठसहित कानुन व्यवसायीहरु कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे पनि घाइते भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक्न भन्दै कानून व्यवसायीहरुले मुख्य गेटसहित अन्य दुई वटा गेटमा गएर धर्ना दिन खोज्दा प्रहरीले बल प्रयोग गरेर रोक्न खोजेको हो ।

मुख्य गेटमा कानुन व्यवसायीहरुले धर्ना दिादै आएपछि प्रधानन्यायाधीश जबराले वैकल्पिक गेटको प्रयोग गरेर सर्वोच्च छिर्दै आएका छन् । वैकल्पिक गेट अगाडी बसेर कानून व्यवसायीहरुले धर्ना दिन खोजिरहेका छन् । अहिले सर्वोच्च परिसरमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । राणाबाट न्यायालय सुधार हुन नसक्ने, भ्रष्टाचारमा लिप्त भएको भन्दै नेपाल बारले राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक