20211108

कोभिड १९ को पूर्ण मात्राको खोप लगाएकाहरुले मात्र अमेरिका यात्रा गर्न पाउने, आज देखी खुल्ला

 कोभिड १९ को पूर्ण मात्राको खोप लगाएकाहरुका लागि अमेरिकाले आज देखी सीमा नाका खोलेको छ । कोरोना संक्रमण फैलिएसँगै बन्द गरिएको सीमा नाका २० महिना पछि पूर्ण रुपमा खुलेको हो । सिमा प्रवेशमा प्रतिवन्ध लाग्दा विषेश गरी बेलायत, ईयु लगायत ३० मुलुकका नागरिक प्रभावित भएका थिए । सो समयमा कतिपयले परिवारसँग विछोड हुनु परेको थियो । 

अमेरिकाले प्रतिवन्ध फुकुवा गरेपछि परिवारसँग विछोड भएकाहरुको पुनर्मिलनले भिड लाग्ने ट्राभल व्यवसायीले अपेक्षा गरेका छन् । अमेरिकाले हाल लागु गरेको नियम अनुसार सीमा प्रवेश गर्दा पूर्ण मात्राको खोप लगाएको प्रमाणपत्र साथमा हुनुपर्ने तथा पछिल्लो ३ दिनको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने व्यवस्था गरिएको छ । सुरुवातमा चीनमा यात्रा ओहोरदोहोरमा प्रतिवन्ध लगाएको अमेरिकाले संक्रमण जोखिम बढ्दै गएसँगै अन्य मुलुकमा समेत प्रतिवन्ध लम्ब्याएको थियो 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक