20211108

प्रचन्ड र माधव नेपालको खेल : केपी ओली र उनको एमाले लाई पछार्न पाँच दलीय सत्ता गठबन्धनको बैठकले समन्वय समिति गठन, अब ओली भर्सेस सबै

 काठमाडौं / केपी ओली र उनको एमाले लाई पछार्न पाँच दलीय सत्ता गठबन्धनको बैठकले समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । अब ओली भर्सेस सबै जसो दल एक हुने देखिएको छ । तर यो सब खेल खेल्ने खेलाडी प्रचन्ड र माधव नेपाल हुन जसले आफु र आफ्नो पार्टीको बिउ जोगाउन यो गठबन्धन गर्नै पर्ने बाध्यता छ यदी त्यो नभए उनिहरु पत्तासाफ हुने सम्भावना छ ।    

सोमबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभाको निर्वाचन तथा उपनिर्वाचन लगायत संयुक्त निर्वाचनलाई अगाडि बढाउने तयारीका सत्ता गठबन्धनको बैठकले निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

सत्ता गठबन्धनको समन्वय समितिमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित अन्य र यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलसहित अन्य सदस्यहरु पछि मनोनयन हुनेगरी ११ सदस्यीय समिति गठन गरिएको उहाँले बताउनुभयो । संविधान र लोकतन्त्रको रक्षा गर्ने मूल उद्देश्यकासाथ गठबन्धनफाई अगाडि बढाउने निर्णय भएको उहाँ बताउनुहुन्छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक