20211105

अफगानिस्तानमा तालिवानले विदेशी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाए, आदेश उलंघन गर्नेलाई कारबाही

 अफगानिस्तानमा तालिवानले विदेशी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ । देशको आर्थिक अवस्था र राष्ट्रिय हितका लागि भन्दै तालिवानले अफगानी मुद्रा प्रयोग गर्न निर्देशन दिएको बीबीसीले जनाएको छ । अफगानिस्तानको बजारमा व्यापक रुपमा अमेरिकी डलरको प्रयोग हुदैं आएको छ । सबै लेनदेनहरु गर्न र विदेशी मुद्रा प्रयोग नगर्न निर्देशन दिइएको छ । आदेश उलंघन गर्नेलाई कारबाहीको दायरामा ल्याइने

समेत तालिवानले चेतावनी दिएको छ । अफगानिस्तानको अर्थतन्त्र तालिवानको नयाँ कदमले थप धराशायी बन्ने विश्लेषण गरिएको छ । तालिवानले सत्ता कब्जामा लिएपछि अफगानिस्तानमा अन्तराष्ट्रिय आर्थिक सहयोग फिर्ता भएको छ, जसका कारण अर्थतन्त्र संकटमा परेको छ । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक