20211105

फेब्रुअरीसम्ममा युरोप महादेशमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या पाँच लाखभन्दा धेरै पुग्नसक्ने : विश्व स्वास्थ्य सङ्गठन

युरोपभरि कोरोनाभाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा उक्त महादेश पुन: एकपटक कोभिड महामारीको "केन्द्र" बनेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ। एउटा पत्रकार सम्मेलनमा डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुग्अले फेब्रुअरीसम्ममा युरोप महादेशमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या पाँच लाखभन्दा धेरै पुग्नसक्ने बताए। उनले खोप पर्याप्त मात्रामा नलगाइँदा

सङ्क्रमितको सङ्ख्या बढको बताए। "हामीले हाम्रो काम गर्ने तरिकामा परिवर्तन गर्नुपर्छ। कोभिड-१९ बढेकोमा प्रतिक्रिया जनाउने भन्दा सुरुमै यो सङ्क्रमण हुन नदिनेतर्फ काम गर्नुपर्छ," उनले भने।

यसै बिच विश्वका धेरै मूलुकमा फैलिएको विनाशकारी डेल्टा भेरियन्ट पूर्ण रुपमा नियन्त्रण नहुने वैज्ञानिकहरुले बताएका छन् । डेल्टा भेरियन्टले कहिले, कहाँ संक्रमण गर्छ भन्ने यकिन नभएको भन्दै विश्वमा हाल कोभिड संक्रमण घटेको देखिए पनि सचेतना अपनाउन वैज्ञानिकहरुले आग्रह गरेको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । खोपको उच्च् दरले मानिसहरुमा प्रतिरोधात्मक क्षमता वृद्धि भई पछिल्लो समय कोभिड १९ महामारीबाट अमेरिका, भारत, बेलायत, पोर्चुगल लगायत मूलुकमा यसको प्रभाव कम देखिएको छ । खोप नलगाएका जनसंख्यामा कोभिड १९ अप्रत्यासित रुपमा फैलन सक्ने भन्दै वैज्ञानिकले सतर्कता अपनाउन आग्रह गरेका छन् । कोभिड १९ संक्रमण कम भएसंगै कतिपय मूलकले यसमाथि विजय प्राप्त गरेको बताउन थालेका छन् । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महामारीविद् मारिया भान केरखोभले कोभिड १९ गम्भिर समस्या रहेकाले उल्लेखनीय कम गर्न हरेक तौरतरिका अपनाएको बताउनु भएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक