20211220

विश्वकै सबैभन्दा धनी व्यक्ति एलोन मस्क घर विहीन

 विश्वकै सबैभन्दा धनी व्यक्ति एलोन मस्क अब घरविहीन हुन पुगेका छन् । धमाधम भौतिक सम्पत्तिबाट मुक्त हने उनको योजना अनुसार उनले पछिल्लो समय आफ्नो स्वामित्वमा रहेको घर बेचेका हुन् । विद्युतीय सवारी साधन उत्पादकमा सबैभन्दा मूल्यवान कम्पनी टेस्लाका साथै अन्तरिक्ष विज्ञानको क्षेत्रमा महत्वाकांक्षी काम गर्दै आएको कम्पनी स्पेस एक्सका संस्थापक मस्कले गतवर्ष नै आफूलाई सम्पूर्ण भौतिक सम्पत्तिबाट मुक्त गर्ने घोषणा गरेका थिए । भौतिक सम्पत्तिले ठूला लक्ष्यबाट आफूलाई विचलित गर्ने

जनाउँदै उनले यसबाट छुटकारा पाउन चाहेको बताएका थिए ।

मस्कले उनको नाममा बाँकी रहेको सिलिकन भ्याली (क्यालिफोर्नियास्थित) अन्तिम आलिसान घर पनि बिक्री गरेका छन् । उनले सो घरबारे लेखेका छन् – ‘त्यो कुनै ठूलो परिवारका लागि ठिक थियो । यस्तो परिवार अब त्यहाँ बस्न जाँदैछन् । यो ठाउँ विशेष छ । ’यस वर्ष उनले आफ्नो सम्पत्तिमा १ सय २२ दशमलव ३ अर्ब अमेरिकी डलर थप्न सफल भएका छन् ।


ब्लुमवर्ग सूची अनुसार उनको अहिले कुल सम्पत्ति २ सय ९२ डलर पुगेको छ । मंगल ग्रहमा स्पेस एक्स पुर्याउनेजस्ता ठूला लक्ष्यहरूमा आफूलाई केन्द्रित गर्न सन् २०२० मा उनले आफ्ना सम्पूर्ण घरजग्गा लगायतबाट छुटकारा लिएर चाहेको बताएका थिए । सोही क्रममा यसै वर्षको मध्यतिर उनले दस वटा शयनकक्षयुक्त तथा १ हजार ४ सय ८६ वर्गमिटरको एउटा वंगलाबाहेक अरू सबै भौतिक सम्‍पत्तिहरू बेचिसकेको सार्वजनिक गरेका थिए । बाँकी रहेको सोही घर उनले अहिले ३ करोड डलरमा बिक्री गरेका हुन् ।


हुन त गत जुनमा नै उनले यो घर ३ करोड ७५ लाख डलरमा बिक्रीमा रहेको भनेर ट्विट गरेका थिए । तर, त्यतिबेला बिक्री नभएपछि उनले पुनः गत अक्टोबरमा करिब तीन करोड २० लाख डलरमा रिलिस्टिङ गरेका थिए, जुन घरजग्गा बिक्रीका लागि गरिने मल्टिपल लिस्टिङ सिस्टममा अहिलेसम्मकै रेकर्ड भएको जनाइएको थियो । त्यसमा करिब २० लाख डलर कममा बिक्री भएको हो ।


सन् १९१२ मा निर्मित तथा ‘गिग्नीकोर्ट’ नामले चिनिएको ४७ एकड जग्गामा रहेको मस्कको उक्त घर ऐतिहासिक भवन मानिन्छ । उक्त घर बिक्री भएपछि मस्क अहिले स्पेस एक्सले सुविधास्वरूप उपलब्ध गराएको टेक्सासस्थित घरमा बस्दै छन् ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक