20211220

अप्रत्यक्ष रूपमा जुवातास खेलाइरहेको सेयर बजारमा सरकारले किन कडाइ नगरेको हो ?

 पछिल्लो समय नेपाली बजारमा सेयरतिर धेरै जनता आकर्षित बनेको छन् । विभिन्न वित्तीय संस्थाहरू, कम्पनीहरूले सेयर खरिदबिक्री गर्ने प्रथाको विकास गरेको छन् । सेयर खरिद बिक्री अहिले निकै नै जनचासोको विषय बन्न पुगेको छ । कुनै दिन सेयरको मूल्य ह्वात्तै उकालो लाग्छ । कहिले निकै नै ओरोला । यसलाई जुवाको खेती पनि भन्न सकिन्छ । पहिलेपहिले बुढापाखाले भन्थे, जुवा खेलेपछि कहिले हारिन्छ कहिले जितिन्छ । तर, अहिले सरकारले जुवातास खेल्नेलाई प्रतिबन्ध लगाएको छ ।


लुकेर खेल्ने भने प्रथा अझै पनि चलनचल्तीमा छ । कहिले हार्छन् कहिले मार्छन् तर कतिपयले त्यही जुवातासको लत लागेर खेल्दाखेल्दै आफ्नो घरखेत सिध्याउँछन् । त्यतिले नपुगेर जुवामा हारेर आत्माहत्या गर्ने पनि नेपाली समाजमा नभएका होइनन् । सेयरमा लगानी गर्नेको पनि त्यही नै हाल छ । एकदिन सेयरको मूल्य बढ्छ खुशी हुन्छन् । अर्को दिनदेखि निरन्तर ओरालो लाग्छ कहाँ जाऊ र के गरौं भन्ने हुन्छ । सेयरमा लगानी गर्ने सेयरकर्ताहरू जहिले पनि तनाबमा हुन्छन् । किन कि उनीहरूको लगानी सुरक्षित छैन । जहिले बढ्छ भन्ने ग्यारेन्टी छैन् । आफ्नो चल अचल सम्पत्ति सेयरमा लगानी गर्दा घरखेत सबै सिध्याउँदा कतिपय सडकमा आइपुगेका छन् । अझ मानसिक रोगका शिकार सेयरकर्ता बनेका छन् । मानसिकता पनि गुमाउने, सम्पत्ति डुबाउने सेयर बजार किन छाडा छोडिएको हो ?


अप्रत्यक्ष रूपमा जुवातास खेलाइरहेको सेयर बजारमा सरकारले किन कडाइ नगरेको हो ? सिधासाधा जनतालाई फाइदा हुन्छ भनेर प्रलोभन देखाइ सेयरमा लगानी गर्न बाध्य पारिएको छ । केही पत्तो नपाएका सिधासाधा जनताहरूलाई सेयरका दलालीहरूले फँसाइरहेका छन् । उसलाई सेयरमा लगानी गर्दा नाफा छ कि घाटा छ केही थाहा हुँदैन । सेयर कारोबार गर्ने दलालीहरूले आफू कमाउन र आफ्नो सेयर मँहगोमा बेच्नको लागि सिधासाधी जनतालाई फसाइरहेका छन् । आफ्नो सेयर मँहगोमा किन्न लगाएर यी सेयर दलालीहरूले सिधासाधा जनताको प्रयोग गरिरहेका छन् ।


हरेक क्षेत्रमा दलालीको बिगबिगी छ । दलालीको कारण हरेक चीजको मूल्य दिनमा चार गुणा रातमा दश गुणा बढिरहेको छ । सेयर बजारमा पनि ठ्याक्कै यही नै भएको पाइन्छ । घरजग्गाको मूल्य बढाउने नै दलाली र बिचौलिया हुन् । यिनीहरू नहुने हो भने घरजग्गाको मूल्य नै हुदैनथ्यो । सरकारले निर्धारण गरेभन्दा दश गुणा बढीमा दलालीहरूले हरेक सामानको किनबेच गरिरहेको हुन्छन् । सरकारले यसको मूल्य सात लाख भनेको छ भने तीस लाखमा बिक्री हुन्छ ।


केही गरी घरजग्गा अतिक्रमणमा पर्यो भने सरकारले त्यही सात लाखको हिसाब गर्छ । मँहगोमा किन भनेर सरकारले भनेको होइन् । अर्थ मन्त्रालयले केही गरी सेयरको विषयमा बोल्यो भने सेयरको मूल्य घट्छ । सेयर लगानीकर्ताहरू अर्थ मन्त्रीको विरोधमा नारा लगाउँछन् । पूर्व अर्थमन्त्री युवराज खतिवडाले सेयरमा लगानी गर्नु भनेको जुवा खेल्नु हो भनेका थिए । सेयरमा लगानी गरेपछि आफ्नो लगानीको ग्यारेन्टी हुँदैन भनेर उनले भन्दा सेयरको मूल्य भारी तवरले ओरालो लागेको थियो । केही दिनअघि मात्र एउटा कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाले नि सेयरको विषयमा बोलेका थिए । उनले भने, सेयरमा लगानी गर्नु जुवा खेल्ने जत्तिकै हो । त्यसपछि नेप्सेमा उथलपुथल भएको बताइएको छ ।


नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि प्रचण्डको विचारलाई लिएर टीकाटिप्पणी गरिहाले । सेयर बजारबाट चन्दा नपाएर प्रचण्ड सेयर बजारतर्फ खन्निएको आरोप ओलीले लगाएका थिए । केपी ओलीले घुमाउरो भाषामा सेयर लगानी कर्ताहरूलाई सुझाव दिएको बुझिन्थ्यो । सेयर बजार असुरक्षित छ भनेर केपी ओली सबै जनतालाई सचेत गराउन खोज्दै थिए । अर्थ मन्त्रालय र शीर्ष राजनीतिक दलले सेयरको विषयमा केही भन्यो भने सेयरको मूल्य घट्ने । कस्तो बजार हो यो ? कालिमाटीको फलफूलभन्दा पनि सस्तो बजार ।


सेयरको बारेमा कुनै नेताले केही भनोस् भनेर राजनीतिक पार्टीको झोला बोक्नपर्ने । अझै चन्दा पनि दिनैपर्ने । यस्तो पनि बजार हुँदो रहेछ । कसैको बोलीमा टिकेको सेयर बजार । बैंक फाइनान्स, वित्तीय संस्थाहरू पनि औधोगिक क्षेत्रमा लगानी गर्दैनन् । घरजग्गा र सेयरमा लगानी गर्न यिनीहरू जहिले पनि तम्सिरहेका हुन्छन् । नेपाल राष्ट्र बैंकले औधोगिक क्षेत्रमा लगानी गर्नपर्छ भनेर निर्देशन दिएको छैन् । उधोग क्षेत्रमा लगानी गर्दा राज्यले राजस्व पाउँछन्, सर्वसाधारणले रोजगारी । तापनि राष्ट्र बैंकले बैंक फाइनान्सलाई यस्तो निर्देशन किन दिएन ।


कर्जा दिएर चाँडो नाफा कमाउने लोभमा वित्तिय संस्थाले घरजग्गा र सेयरमा धेरै लगानी गरेको छन् । अब सरकारले घरजग्गा र सेयरमा लगानी गर्न वित्तीय संस्थाहरूलाई बन्देज लगाउनुपर्छ । जोखिमपूर्ण लगानीमा कर्जा लगाउनलाई अंकुशे लगाउने बेला भइसकेको बताइन्छ । यी क्षेत्रमा नयाँ कर्जा लगानी गर्न दिनुहुँदैन । वित्तीय संस्थाहरूले हाम्रो वार्षिक नाफा यति हो भन्दै झुठो प्रचार गरेर सेयर बिक्री गरिरहेका छन् । बोनसको लोभमा सर्वसाधारणले पनि सजिलै सेयरमा लगानी गरिरहेका छन् ।


वित्तीय संस्थामा धितो राखेर कर्जा लिनेहरूले आत्महत्या गरेका घटनाहरू थुप्रै छन् । करोडपति बाट रोडपति बनाउने पनि वित्तीय संस्था नै हुन् । अहिले पनि बैंकले कर्जा दियो भने सेयरको मूल्य बढ्छ । घरजग्गाको पनि असीमित तबरले मूल्य बढ्छ । बैंकले कर्जामा कडाइ गप्यो भने सेयर र घरजग्गाको मूल्यमा ठुलो गिरावट आउँछ । बैंकफाइनेन्सका डिपोजिट बढी भयो भने घुस खाएर सजिलो कर्जा दिन्छ । यदि बैंकको अध्यक्षले घुस पाएन भने कर्जामा कडाइ गर्छन् । सयमा असी प्रतिशत मानिसहरूले वित्तीय संस्थाबाट कर्जा लिएर सेयर र घरजग्गामा लगानी गरेको छन् ।


घरजग्गाको मूल्य घटाउने र बढाउने चाबी बैंकफाइनान्सका सञ्चालक हुन् । जनताको पैसामा चलेको संस्था वित्तीय संस्थाहरू हुन् । तर, बैंक फाइनान्सका सञ्चालकहरू कमिसनमा बिकेका छन् । डिपोजिट राख्नेलाई थोरै ब्याज, कर्जा लिनेलाई धेरै व्याज । पैसा बेच्ने व्यापारीको रूपमा पनि यिनीहरूलाई चिनिन्छ । यही वित्तीय संस्थाको इशारामा सेयर बजार चलेको छ । सेयर बजारको चाबी बैंकफाइनान्सको हातमा छ । वित्तीय संस्थामा भएको बेथिति देख्दादेख्दै पनि सम्बन्धित निकाय मौन छ । वित्तीय क्षेत्रमा पनि सिन्डिकेट छ ।

वित्तीय क्षेत्रमा भएको विकृति सुधार्नतर्फ न अर्थ मन्त्रालयलाई चासो छ । न सहकारी विभाग र राष्ट्र बैंकलाई नै । अहिले सेयरमा लगानी गर्ने सेयरकर्ताहरू धराशायी बन्दै गएको छन् । यिनीहरूको लगानी सुरक्षा गर्न सरकारले कस्तो योजना ल्याएको छ त ?


अब अर्थ मन्त्रालयले घरजग्गा र सेयरमा लगानी यर्नबाट रोक लगाउनुपर्छ । जति पनि लगानी गर्नुछ त्यसमा सबै औद्योगिक क्षेत्रको प्राथमिकता हुनुपर्दछ । नाफा धेरै पाइने, घुस धेरै आउने भएकाले वित्तीय संस्थाहरूले यसमा लगानी गरेको हुन् । सेयरमा लगानी गरेकाहरू बेकार लगानी गरिएछ भनेर गुनासो गरिरहेको भेटिन्छन् । अर्थ मन्त्रालयले सेयर किनेर डुब्नुभन्दा नकिन्न सुसूचित गराउनुपर्छ । - अनुसा थापा, भक्तपुर ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक