20220218

अमेरिका पछि चीन पनि खुलेर अगाडि आए पछि !

अमेरिका पछि चीन पनि खुलेर अगाडि आए पछि ! 
भारतको सधैँ दादागिरी र दबदबा थियो र छ नेपालमा । चीन पछाडिबाट छिर्के हान्थ्यो, हानिरहेको छ । २०४६ पछि अलिकति र २०६२ पछि नग्न रूपले थपिएको थियो युरोपियन युनियन पनि ।अहिले अमेरिका मिसियो MCC परियोजनाको कुराले  ।अमेरिका मिसिएको देखे पछि चीन खुलेरै अगाडि आयो । यो सब हुनुमा हाम्रा दलहरु र दुइजिब्रे नेताहरु जिम्मेवार छन । MCC लाई यसरी गिजोलिएको छ कि MCC आए त अमेरिकी सेना नै नेपाल आउंछ भनेर हावादारी हल्ला फिँजाइएको  छ जुन गलत हो ।दु:खको कुरा जसलाई MCC भनेकै केही थाहा छैन उनीहरु पनि यसको बिरोधी भएको देखिएको छ । हुन त हल्लै हल्लाको देश हो नेपाल । यहाँ यस्तै हुँदै आएको छ बिगत देखी । तर गलत या सही जे भए पनि सँसदमा लैजाने, रचनात्मक छलफल गर्ने, उपयुक्त नभए रिज्याक्ट गर्ने, उपयुक्त लागे पास गर्ने गर्नुपर्ने होइन र ? यदी सँसद मै नलैजाने हो भने यो साँसदको भेँडी गोठ किन चहियो ? किन पाल्ने ?  बानेश्वरलाई रण मैदान बनाउने, प्रहरी र जनता भिडाउने, असहज बातावरण सिर्जना गर्ने काम कदापी स्विकार्य हुनुहुन्न ।          
 कुनै बेला तपाईँ हामीले मुर्दावाद भनेको र विरुद्धमा लडेको राजसंस्था र पञ्चायतको पाप लागेछ हामीलाई । राजसंस्था र पञ्चायतले संसारमा शान्ति क्षेत्र नेपाल भनेर चिनाएको सानो र स्वर्ग जस्तो देश नेपाल नर्क बनाए पापीहरूले । विदेशीहरूको क्रिडास्थल र रणभूमि बन्दै गइरहेको छ आज चौतर्फी रूपमा । असफल मात्र होइन देश अफगानिस्तानको बाटोमा छ मैले बारम्बार भन्दै लेख्दै र बोल्दै आइरहेको छु । प्रचण्ड र बाबुरामहरू लगायतका लाल गद्दारहरू सबैभन्दा बढी दोषी छन् यो स्थिति सिर्जना गर्नमा । त्यस पछि काँग्रेस, एमालेहरू जिम्मेवार छन् जसले यी गद्दारहरूलाई पालै पालो बोक्दै, "ठगबन्धन" गर्दै  र देश तन्नाम बनाउँदै आए र अर्को गद्दारी गरे । यो लुटतन्त्र हो, गलगाँडतन्त्र हो । भइरहेका हर्कतहरु राष्ट्र दोहन मात्रै होइन राष्ट्र द्रोह हुन । देश हार गुहार माग्दै छ । अब पनि जनता सजक नहुने हो र जुरुक्क नउठ्ने हो भने,  यिनकै पछि लाग्ने हो भने अफगानी जनता जस्तै बन्न तयार भए हुन्छ । चेतना भया । सबैलाई प्रजातन्त्र दिवसको शुभकामना !
अबको बिकल्प :
यो ब्यबस्था र सिस्टम पूर्ण रुपमा फेल भैसक्यो । नेपाल र नेपाली जनतालाई केन्द्रमा राखेर नयाँ र आफ्नै मोडल बनाउ । घाँडो सङ्घीयता खारेज गर, सात वटा प्रदेश सरकारहरूको कुनै काम छैन खारेज गर । बढीमा १०० जनाको एउटा मात्र सँसद राख । राष्ट्रिय सभा खारेज गर । स्थानीय निकायको सङ्ख्या घटाऊ र लुट बन्द गर । केन्द्रमा एउटा बढीमा १० जनाको मात्र सरकार बनाऊ । एउटा स्वतन्त्र, कुनै पार्टीको भरौटे नभएको राष्ट्रपति वा संवैधानिक राजा राख । राजनीतिलाई व्यापार होइन सेवामुखी बनाऊ र तल देखी माथि सम्म स्वयमसेबी रूपमा काम गर्न सक्ने, म सेवा सुविधा लिन्न भन्न सक्ने जन प्रतिनिधि छान्न अभिप्रेरित गर । सेवा सुविधा दिने भए मितव्ययी ढङ्गले तोक । विदेशी सहायता र रिनको भारी धेरै नबोक । जन परिचालन गर देश बन्न बेर लाग्दैन । खर्च कटौति मात्र गर्दा खर्बौं बजेट बन्छ । त्यो बजेट बिकास निर्माणमा लगाउ त कसै सँग झोली थाप्नै पर्दैन ।  लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाउने, गणतन्त्रका नाममा गलगाँड तन्त्र चलाउने अनि त्यस्ताका पछाडि लागेर हिँड्ने, झोले बनेर देश बर्बाद पार्ने अपराधमा कोही पनि सँलग्न नहोउँ । होइन भने अफगानी जनता जस्तै बन्न तयार होउँ । आगे जनताकै जो मर्जी !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक