20220218

आन्तरिक द्वन्द र बिदेशी हस्तक्षेपले थिला थिला भएको अफगानिस्तानका लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह


संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आन्तरिक द्वन्द र बिदेशी हस्तक्षेपले थिला थिला भएको  अफगानिस्तानका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले अफगानिस्तानमा पछिल्लो समयमा मानवीय संकट बढ्दै गएकाले यसमा सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले अफगानिस्तानमा तालिबान शासन सुरु भएपछि यहाँका नागरिक समस्यामा परेका र जसका कारण ठूलो मात्रामा मानवीय सहयताको खाँचो परेको बताउनुभएको छ । उहाँले संयुक्त राष्ट्रसंघले पनि अफगानिस्तानलाई सहयोग गरिरहेको भन्दै अरु विदेशी दाता देशहरु तथा सहयोगी निकायहरुलाई पनि सो आग्रह गर्नुभएको छ । महासचिव गुटर्रेसले अफगानिस्तानका लागि विशेष पहल र अभियान सञ्चालन गर्न जरुरी रहेको बताउनुभएको छ ।यहाँका नागरिकको अवस्था नाजुक रहेको, खाना आधारभूत औषधि तथा अन्य अत्यावश्यकताका साधनहरुको पनि खाँचो परिरहेकाले यसका लागि सबैको सहयोग आवश्यक रहेको महासचिव गुटर्रेसको जोड छ । अफगानिस्तानलाई खाद्यान्न, लत्ताकपडा, औषधिजस्ता विषयहरु विभिन्न देश र दाताहरुले पछिल्लो समयमा सहयोग गरिरहेका छन् । तर पनि त्यो सहयोग पर्याप्त नरहेको बताइएको छ ।

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक