20220225

"बग्ने पानीले, मेरो दिल चोरिन च्यान्टी नानीले" अमेरिकाबाट रिलिज


"बग्ने पानीले, मेरो दिल चोरिन च्यान्टी नानीले" भन्दै वरिष्ठ लोक गायक रामप्रसाद खनालले गीत गाउँदै र चर्चित नायिका रजनी केसी सँग कम्मर मर्काउँदै नाच्दै गर्दा खनालका सहयात्री कलाकार निर्मल शर्मा नाचिरहेकै स्थलमा आइ पुग्छन् र भन्छन् - "ओहो मित्र, तपाईँलाई त नसकिने भो बा, उमेर पचपनका दिल सधैँ बचपनका ! ल बधाई छ !!"          

रामप्रसाद खनालको बाउन्नौँ गीति एल्बम "बग्ने पानीले" मा समावेश यो गीत र यसको म्युजिक भिडियो खनालले भर्खरै अमेरिकाबाट रिलिज गरेका छन् । दुई महिना यता ४ गीत रिलिज गरी सकेका खनालको यो गीतमा आफ्नै शब्द, सङ्गीत र स्वर रहेको छ ।

"बग्ने पानीले, मेरो दिल चोरिन च्यान्टी नानीले" यो लोकगीत खनालले एउटा विशुद्ध मनोरञ्जनात्मक लोकगीत हो भनेर भनेका छन् । लोकका विभिन्न पिँडा र वास्तविकतालाई गीत कविता र गजलमा उतार्ने खनालले यस पटक मनोरञ्जन दिने फरक शैली अपनाएका छन् नायिका रजनी केसीसँग म्युजिक भिडियोमा । खनाल आफैले रजनी केसी सँग मोडलिङ गरेका छन् । निर्मल शर्माको निर्देशन, सङ्गम बिस्टको कोरियो ग्राफ, राजु केसीको छायाङ्कन रहेको म्युजिक भिडियो युट्युब मार्फत रिलिज गरिएको हो । 

यो गीतका बारेमा खनाल भन्छन् - "मैले जिन्दगीमा धेरै गीत गाएँ । विभिन्न किसिमका गीत गाएँ । लोकगीत, दोहोरी गीत, तीजका गीत, राष्ट्रिय गीत, आधुनिक गीत, सामाजिक गीत, सन्देश मूलक गीत, भजन सबै प्रकारका गीत गाएँ तर यो विशुद्ध मनोरञ्जनात्मक लोकगीत हो । जिन्दगीमा मनोरञ्जनको पनि त्यत्तिकै आवश्यकता छ र हुनुपर्छ त्यसैले यस पटक मैले मनोरञ्जनात्मक लोक गीत गाएँ । दर्शक र श्रोताले पक्कै फरक स्वाद ग्रहण गर्नुहुने नै छ मलाई विश्वास छ "

पछिल्लो समयमा चलचित्रका नायक नायिकाहरू पनि लोकगीत, दोहोरी गीतका म्युजिक भिडियो हरुवा अभिनय गर्न थालेकै बेला परदेशी चलचित्रकी चर्चित नायिका राजनले पनि खनालको यो लोकगीतको म्युजिक भिडियोमा अभिनय गरेकी छिन । उनले पनि गीत दर्शकहरूले मन पराउने मा आशा बादी छिन । 

स्मरण रहोस् दुई महिना यता रिलिज भएका खनालका ४ गीत मध्ये यो चौथो गीत हो । यस अघि खनालले हे कृष्ण, हे राम भजन, तिम्री आमा मेरी आमा सामाजिक पारिवारिक गीत, एउटा ढुकुर उडिगयो सेन्टिमेन्टल दोहोरी रिलिज गरिसकेका छन् भने अरू ३ वटा गीत रेकर्ड भई सकेका छन् । खनालको नयाँ गीत यो लिङ्क https://www.youtube.com/watch?v=2HVeDVGxSE0  मा उपलब्ध छ ।  


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक