20220226

पल शाह र नाबालिका गायिका प्रकरण र यसमा जोडिएका दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी, सम्राटहरुका केही पर्दाहरू खुले पनि अझ थुप्रै पर्दाहरू खुल्न बाँकी

पल शाह र नाबालिका गायिका प्रकरण र यसमा जोडिएका दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी, सम्राटहरुका केही पर्दाहरू खुले पनि अझ थुप्रै पर्दाहरू खुल्न बाँकी छन् । हामीले अहिले नै यस बारेमा पल वा नाबालिका गायिका वा फलानो दोषी, निर्दोषी भन्न नसकिने अवस्था देखिएका छन् घटना क्रममा आइ रहेका नयाँ नयाँ तथ्यहरूले । यसै नै हो भनेर नाबालिका वा पल का बारेमा धारणा बनाउँदा हतार ठहरिन सक्छ त्यसैले अनुसन्धान हुन दिऊँ, प्रहरी हुँदै यो मुद्दा अदालत पुग्ने र अदालतले यसको छिनो फानो गर्ने नै छ । हामी
आफै प्रहरी, आफै वकिल र आफै न्यायाधीश बन्नु हुँदैन । 

तर यो प्रकरणले हाम्रो नेपाली समाज  कता जाँदै छ ? कस्तो हुँदै छ ? कति सम्म गिर्न थाले मान्छे ? साथीभाइ र आफ्नै भनी विश्वास गरिएकाहरू कति सम्म गिर्न सक्दा रहेछन् ? उमेर नपुग्दै एउटी केटी कसरी यो अवस्था सम्म आइ पुग्न सक्दा रहेछन् र खेलौना बन्दा रहेछन् ? आदी इत्यादि हजार सवालहरू पैदा भएका मात्रै छैनन् हाम्रो समाज कता जाँदै छ छर्लङ्ग ऐना देखाइदिएको पनि छ । हेर्ने र बुझ्ने प्रयास गरौं । 

हरेक आमा बाबुले आफ्ना छोरा छोरी कता जान्छन्, के गर्छन् ? कस्ता सँग सङ्गत छ ? चाल चलन कस्तो छ ? बुझ्नै पर्छ । आमा बाबुले मात्र होइन परिवार जनले पनि । घर पहिलो पाठशाला हो जहाँ नैतिकता, अनुशासन, संस्कारको पढाई पनि हुन्छ र हुनु पनि पर्छ । बाबु आमाहरू सबै भन्दा ठुला प्रोफेसरहरू हुन । मनन गरौं सबैले ।

अझ भुल्नै नहुने कुरा मलाई के लाग्छ भने - पढ्ने समयमा आफ्ना बाल बच्चा लाई पढ्न दिउँ । मैले मेरा छोरा छोरी वा आफन्त जसलाई पनि भन्ने गर्छु - पढाई पहिला । पढाई पुरा गर अनि जे जे गर्नु छ गरौला ।

 

GO TO HOME PAGE

Go to Home Page 
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक