20220208

साला ! उबेला दिल्लीको भात खाएर नोयडा बसिन्थ्यो !

- सन्तोष चिमरिया 

साला ! उबेला दिल्लीको भात खाएर नोयडा बसिन्थ्यो । यता भारतका नेतालाई यस्ता मुला चिठि दिनकै ३ वटासम्म लेखिन्थ्यो र उता लाटाँगाडालाई भारतिय बिस्तारवाद बिरुद्द , सुरुङ युद्द लड्ने हो, ठोक भनिन्थ्यो । लाटागाँड पनि हुरुहुरु, इतिहसमा नाम लेखाउन र अमर हुन भन्दै , गुलेली बोकेर सेनाका ब्यारेक हान्न जान्थे । अनि, चरो झरे जसरी पुग्लुक पुक्लुक्क मर्थे । भोलीपल्ट ,यसो एउटा बिज्ञप्ति निकालेर फुरुक्क पार्दियो । अमर भइस भन्दियो । इतिहासमा स्वर्ण अक्षरले नाम लेखियो भन्दियो ।  कुरो सकियो । 

कसैलाई अत्तोपत्तो हुदैन थियो । काम दनादन सम्पन्न हुन्थ्यो । 

   अहिले त छिसिक्क बोल्न हुन्न । आज बोल्यो, भोलीपल्ट फेसबुकमा छ्याप्छ्याप्ती हुन्छ । सबै बाठा । सबै बरिश्ठ । 

यसो अध्यारा कुनामा कसैलाई नदेखाई, चिठि लेखेर देशी/ बिदेशी प्रतिकृयावादीहरुलाई लट्याङपट्याङ परुत् भन्यो । साला !  भोलीपल्ट आफ्नै चिठि , आफ्नै आईफोनमा ह्व्वार्ह्वार्ती आउछ । आफ्नोमा मात्रै आए त हुने । एकैपटक सारा लाटाँगाडाका फोन फोनमा पुग्छ । अनि एउटाले सेयर गर्छ । पछि अर्कोले गर्छ । अनि फेरि अर्कोले गर्छ । अनि हिजोअस्ति भए, गुलेली बोकेर सेनाको ब्यारेक हान्न जाने लाटागाँडा मेरै चिठि सेयर गर्दै, मलाई नै ब्याङ्य र प्रश्न गर्छन । 

साला ! आईफोन नि साम्राज्यवादीको । फेसबुक नि उसैको । चिठि चाहि क्रान्तिकारीको !

 माने ! पुँजीवादले बिज्ञान र प्रविधिमा ठुलो बिकास गरेर, सर्बहारा बर्गलाई नराम्रोस्ंग घाटा भयो । समाजवादी आन्दोलनलाई ठुलो क्षेति भयो ।

    यो साला अमेरिकी सम्राजवादाले गर्दा ,कान्छि चाहि छोरीलाई बिज्ञप्ति निकाल्नको हैरानी भएको छ हिजोआज । फेरि बिज्ञप्ती लाटागाँडाले पत्याए हुन्थ्यो नि ! 

 यति लामो बिज्ञप्ति निकालेर पनि, नाङै हिड्नु परेजस्तो अनुभुति हुन्छ । त्यसैले यो सम्रज्यवाद, फेसबुक, टुईटर , आईफोन जुन छन, ति अहिलेका सबैभन्दा ठुला बर्गसत्रु हुन । एम्सिसि भन्दा नि टुलो बर्गसत्रु । ल जा ।

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक