20220209

पहिला बदनाम तर अहिले केही गरिरहेका छन है भन्ने सन्देश दिएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले

  काठमाडौं । पहिला बदनाम तर अहिलेको पटक केही गरिरहेका छन है भन्ने सन्देश दिएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले ४२ करोड रुपैयाँ भन्दा बढी राजश्व नतिर्ने र पटक पटक ताकेता गर्दा पनि अटेरी गरेको भन्दै याक एण्ड यति होटलको क्यासिनोको लाइसेन्स रद्द गरेका छन् । मन्त्रीस्तरीय निर्णयबाट याक एण्ड यति होटलको पाँच तारे स्तरको वर्गीकरण प्रमाणपत्र समेत रद्द गर्ने निर्णय भएको पर्यटन विभागले जनाएको छ । होटलको नाममा रहेको सम्पूर्ण अलच सम्पत्ति रोक्का राख्ने र वैंक तथा वित्तीय संस्थामा रहेका सबै खाता तथा कारोबार रोक्का राख्ने निर्णय समेत भएको विभागले जनाएको छ । मन्त्री आलेले रोयल्टी नबुझाउने क्यासिनो सन्चालकको तीन पुस्ते विवरणसहितको सूचना निकालेर अन्तिम मौका दिन लगाएका थिए । यसबीचमा रोयल्टी नतिरी फरार हुन लागेका क्यासिनो सन्चालक माइक बोल्सोभरलाई अध्यागमनबाटै रोक्न लगाएका थिए । यसबीचमा केही क्यासिनोले राजश्व बुझाएका छन् भने नबुझाउनेको लाइसेन्स रद्द गर्ने तयारी छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक