20220322

"हामी कुनै एक दलको कार्यकर्ता बनेर, बेइमान नेताहरूको गुणगान गाएर कुनै समानुपातिक सांसद वा कुनै पद त पाइएला तर दर्शक र श्रोता प्रतिको बेइमानी हो त्यो" : खनाल

 अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले कलाकारहरुको राजनीतिक दल प्रबेश, दल बदल प्रति असन्तुस्टी जनाउँदै आफ्ना दर्शक र श्रोता प्रति सदैव न्याय गर्न अनुरोध गरेका छन । खनालले कलाकारहरु कलाकै क्षेत्रमा लागेर आफु सक्दो योगदान दिन राम्रो हुने तर कुनै एक दलको कार्यकर्ता बनेर, बेइमान नेताहरूको गुणगान गाएर कुनै समानुपातिक सांसद वा कुनै पद त पाइएला तर दर्शक र श्रोता प्रतिको बेइमानी हो त्यो भनेका छन ।  खनालले भनेका छन "म आफू पनि एउटा कलाकार । कलाकार भएरै, विगतको तितो अनुभव भोगेरै, पश्चात्ताप गर्दै,

आज फेरी दोहोर्‍याएरै भन्दैछु कलाकार साथीहरूलाई, ती जो सुकै हुनुहोस् वा जुन सुकै दल प्रवेश गर्ने वा दल बदल गर्नेहरू हुनुहोस्, कलाकार साथीहरू - हाम्रो राजनीति, हाम्रो दर्शन, हाम्रो पार्टी, हाम्रो पेसागत धर्म जे जे भने पनि त्यो सबैको आधार भनेको दर्शक र श्रोता नै हुन । आफ्ना दर्शक र श्रोता प्रति सदैव न्याय गरौँ । 

हामी कुनै एक दलको कार्यकर्ता बनेर, बेइमान नेताहरूको गुणगान गाएर कुनै समानुपातिक सांसद वा कुनै पद त पाइएला तर दर्शक र श्रोता प्रतिको बेइमानी हो त्यो ।

 राजनीतिमा लाग्न, पार्टी छान्न, मन परेको उम्मेदवारलाई भोट गर्न, उमेदवार बन्न, चुनाव लड्न हरेक हामी स्वतन्त्र छौँ र स्वतन्त्रताको हामीले सम्मान पनि गर्नुपर्छ । तर नभुल्नुहोस् - कला नै हाम्रो धर्म हो, सही बाटो हो । आफ्नो कलामै विश्वास हुनुपर्छ । कलाकारले कलाकै क्षेत्रबाट आफू सक्दो योगदान गर्नु उपयुक्त हुन्छ भन्ने लाग्छ मलाई । 

विगत देखी वर्तमान सम्म नियालेर हेर्नुस् त कलाकारहरू लाई कति प्रयोग गर्न खोजियो । के हामी कलाकारहरू "चाहिँदाका भाँडा नचाहिँदाका ठाँडा" बन्न तयार हुनु हाम्रो आफ्नै कमजोरी होइन र ? हाम्रा कति सिनियर, सहयात्री देखी अनुज कलाकारहरूलाई रद्दी को टोकरीमा पुर्‍याइयो देखेका छैनौँ र हामीले विगतमा ? मनन गरौँ । 

आफ्ना दर्शक र श्रोता प्रति, कला क्षेत्र प्रति सम्मान गर्न र स्वाभिमानी बन्न सिकौँ मैले यो सिकाउन वा कसै प्रति लक्षित होइन सबै कलाकारलाई जगाउनका लागि र आफूले विगतमा भोगेको अनुभवको आधारमा व्यक्त स्वतन्त्र बिचार हो यो मेरो । अझै पढ्दै जानुस्, बुझ्दै जानुस्, हेर्नुस् पछी सबैले मेरो यो कुरा मनन गर्नुहुन्छ भन्ने लाग्छ । आगे तपाईँहरूको जो मर्जी ! 

हिजो मात्रै शेयर गरेको मेरो यो स्ट्याटस आज पनि आफैले दोहोर्‍याएर पोस्ट गर्न मन लाग्यो, नपढ्नुभएकाले पढिदिनुहोला :

 "कलाकारहरू कुनै पनि पार्टी राजनीतिमा लाग्नु भनेको पेशागत मात्रै होइन हर हिसाबले ठुलो भुल हो, पश्चात्तापका लागि तयार हुनुहोला मित्रहरु, तितो अनुभव !

मेरो आफ्नै पनि तितो अनुभव हो यो विगतको । म आफै पनि फोहोरी राजनीति भोगेर, बुझेर त्यो आहालबाट बाहिर निस्केको २० वर्ष पुरा भैसकेको छ । अहँ म फेरी भुल भुलैयामा पर्न, भ्रमित हुन वा आँखा देख्ने तर वास्तविक अन्धो बन्न, अयोग्य नेता र झुटको खेतीको मतियार बन्न तयार छैन, हुने पनि छैन ।

 स्वतन्त्र भएर बस्नुमा जुन स्वाभिमान छ, सत्यलाई सत्य र असत्यलाई असत्य भन्न पाइने जुन हैसियत छ म त्यो गुमाउन चाहन्न मित्रहरू । 

देशको चन्द्र सूर्य अङ्कित झन्डा बोक्न प्रेरित गर्ने, स्वच्छ राजनीतिले प्रश्रय पाउने, राजनीति व्यापार होइन सेवा बन्ने, दासता र आरती उतार्ने कुप्रथाको अन्त्य हुने अवस्था आउने भएछ भने त्यो दिन बिचार गरौँला ।

 यो कुनै एक कलाकारका सन्दर्भमा भनिएको होइन । कुनै बेला मेरा बन्धु, मित्र सरोज खनालजीहरू बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा प्रवेश गर्दा, मेरा कैयौँ अरू कलाकार मित्रहरू माओवादी देखी विभिन्न पार्टीमा प्रवेश गर्दा पनि मैले यही नै लेख्दै बोल्दै आएको छु । सत्य तितो हुन्छ है !"

     

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक