20220327

पूर्व- पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीस्थित फुलजोर खोलाको पुलबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते


सर्लाही / पूर्व- पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीस्थित फुलजोर खोलाको पुलबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।मृतक ४ जनाको शव पोस्टमार्टमका लागि मलंगवा  पठाइएको र घाइतेहरूको लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना४ख ८५५५ नम्बरको यात्रुवाहक बस  पुलबाट तल खसेको हो । 

तत्काल घाइतेको उद्धार गरी उपचार गराउनुपर्ने भएकाले मृतक र घाइतेको यकिन विवरण केहीपछि मात्र आउने प्रहरीले जनाएको छ । बस अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेको बताए पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सबै मृतक तथा घाइतेहरूको पहिचान समेत खुलिसकेको छैन । 

स्याङ्जा  गल्याङ नगरपालिका १ नब्बेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वालिङबाट बुटवलतर्फ जाँदै गरेको ग१५प ७४४७ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु२ख ५२९० नं. को फोर्स कम्पनीको गाडी आज एक–आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक जितेन्द्र पटेलको मृत्यु भएको हो ।  

रुपन्देहीको शुद्धोदन गाउँपालिका ५ फर्सटिकट घर भई गल्याङ बजारमा कुशल मोटरसाइकल वर्कसपमा” काम गर्ने बर्ष २७ को जितेन्द्र पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

दुर्घटनामा पुरी घाइते भएका पटेललाई गल्याङ अस्पतालमा लगिएकोमा उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । 

दुवै सवारी साधन र सवारी चालक अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक