20220316

नेपाल प्रहरीमा कांग्रेस र माओवादी केन्द्रले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को तीन नयाँ दरबन्दीमा भागबन्डा गर्दै बढुवा सिफारिस गराए पछि !

 लथालिङ्ग देशको भताभुङ्ग चाला नेपाल प्रहरीमा झन बढी देखिन थालेको छ । सर्बेन्द्र खनाल प्रहरी महानिरीक्षक  हुँदा सम्म उनकै अडानका कारण प्रहरीमा राजनीति हाबी हुन धेरै हद सम्म नियन्त्रण भए पनि सर्बेन्द्रले अबकाश लिए पछि भने नेपाल प्रहरी फेरी सत्तारुढ दलहरुको खेलौना बन्न थालेको मात्र छैन लथालिङ्ग अवस्थामा पुगेको छ ।  सत्तामा रहेका दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को तीन नयाँ दरबन्दीमा भागबन्डा गर्दै बढुवा सिफारिस गराए पछि त झन अब प्रहरी महानिरीक्षक बन्न झनै फोहोरी खेल र झेल हुने स्पस्टै देखिएको छ ।

सर्बेन्द्र लाई सम्झँदै एकजना डिआइजी भन्छन - नेपाल प्रहरीका पुराना सुनौला दिन माथि फेरी अन्धकार मात्र छाउन थालेको छैन दिन प्रतिदिन संगठन राजनीतिको शिकार बन्दै गएको छ । अझ त्यस माथि मंगलबार तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भए पछि त झन नयाँ प्रहरी महानिरीक्षक को बन्ने भन्ने फोहोरी खेल र राजनीति चर्को हुने भएको छ । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले डीआईजीहरू वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । पन्त र सिंह कांग्रेसको कोटाबाट सिफारिसमा पर्दा धानुक भने माओवादी केन्द्रको जोडबलबाट बढुवा सिफारिसमा परेका हुन् । मन्त्रिपरिषद् बैठकमार्फत यो सिफारिस सदर भए अब नेपाल प्रहरीको आगामी नयाँ प्रहरी महानिरीक्षक (आईजी)को दौडमा चार एआईजी हुनेछन् ।

मन्त्रिपरिषद् बैठकले एक साताभित्र उनीहरूलाई बढुवा गरे धानुक र सिंह पनि एआईजी विश्वराज पोखरेल र सहकुल थापासँगै आईजीपीको दौडमा सहभागी हुनेछन् । तर, एआईजीका लागि सिफारिसमा परेका पन्त भने हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीकै ब्याची भएका कारण उनी थापासँगै ३० वर्षे सेवा अवधि पूरा गरेर १९ वैशाख २०७९ मा अवकाशमा जाँदैछन् ।हाल नेपाल प्रहरीमा एक प्राविधिकसहित ६ एआईजी छन् । यो प्रस्ताव स्वीकृत भएमा एआइजी तहमा प्राविधिकसहित नौ दरबन्दी हुनेछ । थपिने पद साधारण सेवातर्फ हुनेछ ।हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी, अपराध अनुसन्धान विभाग, कार्य विभाग, प्रशासन विभाग र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा एआईजीको दरबन्दी छ ।एआईजीको दौडमा डीआईजीहरू ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, घनश्याम अर्याल, वसन्त लामा, उत्तमराज सुवेदी र अरुणकुमार बीसी प्रतिस्पर्धामा थिए ।

राजनीतिक भागबण्डा गर्दै प्रहरीमा एआईजीको नेतृत्वमा प्रदेश समन्वय विभाग बनाउने तयारी छ । त्यस्तै मानव स्रोत तथा प्रशासन विभागलाई अलगअलग गर्ने तयारी भएको बताइन्छ । यस्तै, केन्द्रीय अनुसन्धान ब्युरोमा पनि एआईजीको दरबन्दी राख्ने तयारी छ । हाल ब्युरोमा डीआईजीले नेतृत्व गर्दै आइरहेका छन् ।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक