20220420

आयो पाँच छोँटे राजाहरुको गठबन्धनको आदेश !

यो र उ भन्नै परेन, जो जस सँग पनि मिल्न तयार छ, बस पाउन पर्‍यो भाग !! देख्नु भो लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, नयाँ राजाहरूको नयाँ नेपाल ? भागबन्डा र गठबन्धन हेर्नुस् त सबैका ।यो र उ भन्नै परेन, जो जस सँग पनि मिल्न तयार छ बस पाउन पर्‍यो भाग । यो राजनीतिक वेश्यावृत्ति, लुटतन्त्र होइन र ? बिचार, सिद्धान्त, नीतिको राजनीति, देश बनाउने राजनीति यस्तै हुन्छ र ? अझ माथि बाट ५-७ जना महाराजाहरू आदेश फर्माउँछन - गठबन्धनका विरुद्ध कोही लागे, बोले त्यसलाई कार्वाही हुन्छ भन्दै । के मतदाताहरू सबै ५ -७ जना नेताहरू र तिनका दाशका पनि दाश मात्रै हुन त ? कृपया यस्ता राजनीतिक वेश्याहरूका पछि लागेर होइन जनताका लागि राम्रा, असल, योग्य, सेवा भाव राख्ने उम्मेदवारलाई भोट दिएर यो राजनीतिक वेश्यावृत्ति को अन्त्य गर्न लागौँ । परिवर्तन सम्भव छ । यही चुनाव बाटै पनि परिवर्तन सम्भव छ यदि हामीले बन्द आँखा खोल्यौँ र योग्य उम्मेदवारलाई भोट हाल्यौँ भने । होइन अझै पनि यिनै लुटेराहरूलाई नै भोट हाल्न र दाश बन्न तयार हुनुहुन्छ भने भीर मा जाने गोरु लाई राम राम भन्ने हो काँध थाप्न सकिन्न । हजुर म र म जस्ता हामी करिब एक करोड नेपालीहरू विदेशमा रगत र पसिना सिँचेर आफ्नै पौरखको, इमानको कमाइ खाएका छौँ, बाँचेका छौँ, हामीलाई भन्दा पनि फरक पर्ने त त्यहीँ बस्ने, दिनदिनै भोग्ने लाई होला नि होइन र ? अझै पनि मनन गर्नुहुन्न भने हामीले के नै भन्न सक्छौँ र खोइ ??!!



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक