20220425

पत्रकार विदुर गिरी र कलाकार मिथिला शर्मालाई २०७७ र ०७८को हरितारा चलचित्र पुरस्कार प्रदान गर्ने निर्णय

काठमाडौं / २०७७ र ०७८को हरितारा चलचित्र पुरस्कार क्रमशः अभिनेत्री मिथिला शर्मा र नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई प्रदान गरिने भएको छ। हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्शेर जबराको अध्यक्षतामा हालै बसेको बैठकले
उक्त निर्णय गरेको परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष मोहन निरौलाले जानकारी गराएका छन्। चार दशकभन्दा बढी समयदेखि फिल्म क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृति, रंगमञ्च एवं नेपालको गौरव देश विदेशमा पु-याउन महङ्कवपूर्ण योगदान पु-याएबापत अभिनेत्री शर्मालाई २०७७ सालको पुरस्कार प्रदान गर्न लागिएको हो।

त्यसैगरी, तीन दशकभन्दा बढी समयदेखि पत्रकारिताको माध्यमबाट नेपाली कला संस्कृति तथा फिल्म क्षेत्रको प्रवद्र्धन र पेसाकर्मीको उत्थानका लागि देश विदेशमा योगदान पु-याएबापत पत्रकार गिरीलाई ०७८ सालको हरितारा चलचित्र पुरस्कार प्रदान गर्न लागिएको हो। पुरस्कारको राशी जनही २५ हजार रुपियाँ रहेको छ। २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले पति हरि शम्सेरसमेतको नाममा अक्षय कोष खडा गरी स्थापना गरेको हरितारा चलचित्र पुरस्कार फिल्म क्षेत्रकै पहिलो पुरस्कार हो।

यसैगरी, परिवर्तन नेपालको बैठकले २०७७ र २०७८ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अभिनेता विनोद श्रेष्ठ र प्राविधिक मनोज केसीलाई प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कारको राशी जनही १० हजार रुपियाँ रहेको छ।

सोही बैठकले फिल्म क्षेत्रमा विशेष योगदान पुड्डयाएवापत निर्देशक मदन घिमिरे, निर्माता-निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेता श्रीदेव भद्मराई, लेखक- निर्माता मौनता श्रेष्ठ र अभिनेता राजकुमार शाहलाई परिवर्तन नेपाल विशेष सम्मान प्रदान गर्ने तथा प्रारम्भका दिनमा परिवर्तन नेपालसँग आबद्ध भई आ-आफ्नो क्षेत्रमा योगदान पुड्डयाएका चरित्र अभिनेत्री शारदा गिरी (काली बुढी), निर्देशक जनक खकुरेल, निर्देशक देवेन्द्र पाण्डे, मोडल दिपाशा विसी, खेलाडी-कलाकार नन्दा बस्याल, रंगकर्मीहरु मञ्जु निरौला, रजनी अर्याल र रेणु पौडेललाई परिवर्तन सम्मान प्रदान गर्ने निर्णय गरेको छ।

बैठकले गीतकार, लेखक, निर्देशक तथा सस्कृतिकविद स्वः चेतन कार्कीको स्मृतिमा पुरस्कार स्थापना गर्ने निर्णयसमेत गरेको छ। स्थापना वर्षको पुरस्कार ११ हजार एक सय ११ रुपियाँसहित लेखक निर्देशक अभिनेता देशभक्त खनाललाई प्रदान गर्ने निर्णय गरेको छ।

बैठकले परिवर्तन पत्रकारिता विशेष सम्मान सञ्चारकर्मी दिनेश सिटौलालाई प्रदान गर्ने निर्णय गरेको छ। यी पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ र सञ्चारकर्मी-गीतकार शान्तिप्रिय रहेको समितिले गरेको हो।सबै पुरस्कार र सम्मान आगामी जेष्ठको दोश्रो हप्ता एउटा विशेष समारोहको आयोजना गरी प्रदान गरिने परिवर्तन नेपालले जनाएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक