20220425

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार साँझ ७ः३० बजेसम्म ७१ हजार २३७ जनाले उम्मेदवारी दर्ता गराए


वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार साँझ ७ः३० बजेसम्म ७१ हजार २३७ जनाले उम्मेदवारी दर्ता गराएको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ । निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिएको थियो। निर्वाचन आयोगका अनुसार महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख पदमा २१ सय १८ र उपप्रमुख पदमा १३ सय १८ जनाको उम्मेदवारी परेको छ। गाउँपालिकाको अध्यक्षको पदमा २२ सय २१ र उपाध्यक्ष पदमा १५ सय ४४ जनाको उम्मेदवारी परेको आयोगले जानकारी गराएको छ । आयोगका अनुसार देशभर वडाध्यक्ष पदमा १७ हजार ७०१ जनाको उम्मेदवारी परेको छ भने वडा सदस्य पदमा २४ हजार ३०९ जनाको उम्मेदवारी परेको छ। त्यस्तै महिला सदस्य पदमा ११ हजार ६५५ र दलित महिला सदस्यमा १० हजार ३७१ जनाको उम्मेदवारी परेको छ ।  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक