20220425

चुनाबमा हार जीत प्राबिधिक कुरा हो तर जगन्नाथले भरतपुरमा चुनाव अघि नै जितिसकेका छन, देशै भरी उनको कदमले अशली काँग्रेसीहरुलाई गतिलो पाठ सिकाइसकेको छ !

जय नेपाल ! मैले हिँडेको बाटो अप्ठ्यारो भएपनि किमार्थ गलत छैन। भरतपुर महानगरपालिकाको प्रमुख पदमा मैले उम्मेदवारी दिने निर्णयसँगै अपार माया र साथ दिनु हुने आदरणीय काँग्रेसजन ,लोकतन्त्रवादी मित्रहरु म तपाईंप्रति भावपूर्ण आभार ब्यक्त गर्दछु र तपाईंको साहस , उत्साह र प्रतिबद्धताको मुक्तकण्ठले प्रशंसा पनि गर्दछु । 

- जगन्नाथ पौडेल, मेयर पदका उमेदवार, भरतपुर चितवन   

पाँच दलीय सत्तारूढ गठबन्धनले नेकपा माओवादी केन्द्रलाई मेयर पद छाडेकाे भरतपुर महानगरपालिकामा कांग्रेसका लोकप्रिया नेता एबम पूर्व साँसद  जगन्नाथ पाैडेलले स्वतन्त्र उम्मेद्वारी दर्ता  गराएका छन् । निर्वाचन आयोगको चुनावएे कार्यालयमा दिउँसाे काँग्रेसकाे झण्डा र चुनाव चिन्ह तथा बाजागाजासहित उम्मेदवारी दर्ता

गराउन पुगेका थिए पौडेल । भरतपुरमा मेयर पद माओवादी केन्द्रलाई दिएपछि नेपाली काँग्रेसभित्र असन्तुष्टि चर्केकाे छ । कांग्रेस जाेगाउने अभियान स्वरूप आफूले उम्मेदवारी दिएकाे पाैडेलले बताए । 

पाैडेलसँगै आएका कांग्रेस चितवनका पूर्व सभापति वयाेवृद्ध नेता कृष्णलाल सापकाेटाले पाैडेललाई भरतपुरका सवै कांग्रेसले मत दिएर जिताउने बताए । पाैडेल २०४९ सालकाे चुनावमा नेपाली कांग्रेसबाट भरतपुरमा उपमेयरमा विजयी भएका थिए । पाैडेल वरिष्ठ अधिवक्ता राष्ट्रिय सभाका सांसद भइसकेका व्यक्ति हुन् ।

  भरतपुरमा चुनाव नहुँदै रेणुका बाउ छोरी हराउने जगन्नाथ पौडेललाई अग्रिम बधाई ! 

राजनीति गर्नु र राजनीति बुझ्नु फरक कुरा हुन । म राजनीति गर्दिन, राजनीति बाट पूर्ण रुपमा अलग छु तर थोरै किन नहोस नेपाली राजनीति बुझ्ने, र चासो राख्ने एउटा सचेत, स्वतन्त्र नागरिक र संचारकर्मी भएर भन्दै छु - प्रचण्ड देशका मुल समस्या हुन । यिनी रहे सम्म, यिनको आतंक र यिनका भुतहरु सल्बलाउँदा सम्म, यिनको राजनीतिक वेश्यावृत्ति कायम रहे सम्म, यिनलाई पालै पालो काँधमा बोक्नेहरु भए सम्म ( राजनीतिमा बिचार, सिध्दान्त, आदर्श सबै कुरालाई लात हान्दै कहिले उता, कहिले यता, जो सँग पनि गाँसिन, टाँसिन, उक्किन, कुहिन, सबै जानेकालाई "राजनीतिक बेश्या" भनिन्छ ) देशले कहिलै निकास पाउने छैन । काँग्रेस र एमालेले पालै पालो यिनलाई बोकेर गल्ती मात्र गरिरहेका छैनन देश र जनता प्रति ठुलो गद्दारी गरिरहेका छन । 

यसै बिच आगामी निर्वाचनमा पनि भरतपुर सबैको हेराइको केन्द्रमा छ । बिपी र काँग्रेसका आदर्श र सिध्दान्त बेच्दै प्रचण्डसँग घाँटी जोडेर आफ्नै काँग्रेस पार्टी, आफ्नै नेता, कार्यकर्ता र मतदाता माथि बज्र प्रहार गरिरहेका र बारम्बार असक्षम साबित भैसकेका देउबाको "ठगबन्धन" का बिरुध्द, भरतपुरमा प्रचण्डकी छोरी रेणु दाहाल बोक्ने "ठगबन्धन" का बिरुध्द पूर्व साँसद जगन्नाथ पौडेलले धावा बोलेर अहिले चर्चाको शिखरमा छन । जगन्नाथले मनोनयन दर्ता गर्न जाँदा भरतपुर र सिङ्गो चितवनका सारा असल र खाँटी कांग्रेसीहरु जगन्नाथ सँग साथमा देखिएछन ( हेर्नुस फोटो भिडियोहरु पनि) उनको यो शाहसलाई, हिम्मतलाई सबैले सलाम गरिरहेका छन । चुनाबमा हार जीत प्राबिधिक कुरा हो तर जगन्नाथले भरतपुरमा चुनाव अघि नै जितिसकेका छन, देशै भरी उनको कदमले अशली काँग्रेसीहरुलाई गतिलो पाठ सिकाइसकेको छ । देउबा भजन मन्डलीमा हल्ली खल्ली छाएको छ । रेणुका बाउ छोरी र उनीहरुको भजन मन्डलीमा त होस उडिसकेको छ आजको जगन्नाथको जुलुस र समर्थकको लहरले । एउटा कुरा भन्दै छु जगन्नाथजी तपाईंलाई चिन्ने एउटा पुरानो पत्रकार मित्रका रुपमा, अब यदी तपाईंले देउबा, प्रचण्ड र रेणु कम्पनीको धाक, धम्कीबाट डराएर खुट्टा कँपाउनुभयो भने तपाईं र हिंजोका देबी ज्ञवाली मा केही फरक हुनुहुने छैन । देबी ज्ञवालीको पक्षमा गत निर्वाचनमा खुलेरै मत माग्ने म जस्ता स्वतन्त्रहरु लाई देबी ज्ञवालीले त्यतिखेर निराश बनाए जतिखेर उनले प्राबिधिक रुपमा चुनाव हारे तर बास्तबमा जनजनको मनमा  जितेका अवस्थामा पनि उनी पछाडि प्रचण्ड र रेणुको पछि लागेर हिँडे । तपाईं जगन्नाथजी कृपया देबी ज्ञवाली नबन्नुहोला । तपाईंले खुट्टा कँपाउनुभयो भने सदाका लागि जनताको नजरमा गिर्नुहुने छ । जगन्नाथजी, तपाईंलाई सलाम, शुभकामना र अग्रिम बधाई । मत पत्र चपाएरै र बाक्सा साटेरै, सेटिङमै बिगतमा जस्तै गरे रेणुले जित्लिन नत्र यस पटक रेणु जित्ने कल्पना नगरे हुन्छ भन्छन भरतपुर बासी । भरतपुर बासीले आफ्नो नाक नकाटुन यस पटक । जागुन । बुझुन । आगे भरतपुर बासीकै जो मर्जी !

- रामप्रसाद खनाल, हाल अमेरिका  



GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक