20220426

नेपाली कांग्रेसको घोषणापत्र पागलहरूको प्रलाप हो : ओली

मुख छोड्न, ब्यङ्ग गर्न, उखान टुक्का हालेर मान्छे हँसाउन माहिर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि अशोभनीय र भ्रामक भएको भन्दै कडा टिप्पणी गरेका छन् । २३ औँ मनमोहन स्मृति दिवसको अवसरमा आज (मंगलबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी

गरेका हुन् । कांग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभएर गालीगलौजको पुलिन्दामात्र भएको टिप्पणी गरेका छन् । ओलीले कांग्रेसको घोषणापत्रमा एमाले र व्यक्तिगत रूपमा आफूमाथि गालीगलौज गरिएको भन्दै त्यसलाई पागलहरूको प्रलापको संज्ञा दिए । अध्यक्ष ओलीले भने, -‘त्यो कुनै राजनीतिक दस्ताबेज नै होइन, पागलहरूको प्रलाप हो । घोषणापत्रमा कुनै राजनीतिक विश्लेषण छैन, मुख छाड्ने र दर्जनौँ ठाउँमा नाम किटेर धारे हात लाइएको छ । बाटो किन चौडा बनाएको ? रेल किन ल्याएको ? पाइपलाइन किन चाहियो ? यस्तै यस्तै आरोप लगाएको पनि कुनै राजनीतिक दस्ताबेज हुन्छ ?’ त्यस्तै गठबन्धन नगर्दा कतै पनि जित्न नसक्ने अवस्थामा कांग्रेस पुगेपछि कम्युनिस्ट पार्टी कब्जा गर्न नसकेका भगौडा प्रचण्ड माधवहरुको वैशाखी टेकेर अघि बढ्न खोजेको अध्यक्ष ओलीको आरोप छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक