20220425

लोकतन्त्रले गर्दा काठमाडौंबाट सृजना म्यामलाई जस्तै बिराटनगरबाट अमरेन्द्र यादबजीलाई पनि चिन्न पाईयो !

 - सन्तोष चिमरिया 

हेर्नुस, पुरुस प्रधान  समाजमा  धेरैजसो, पोई  डाक्टर भएर -  जोई डाक्टर्नी , पोई मास्टर भएर - जोई मास्टर्नी र पोई मेयर भएर - जोई  मेयर्नी  भएर बाँचिरहेका हुन्छ्न । जसै जसै चुनाब आउछ , तपाईले  मन्त्राणी, हाकिम्नी, कम्रेड्नी   भएर चुलो चौका सम्हाली रहेका र छोइला / कचिला  बनाईरहेका  , एकसे एक भाउजु र आमाहरु  चिन्दै जानुहुन्छ । चुनाब ,   भाउजुहरुका निम्ति चुलाचौकाबाट बाहिर निस्किएर , काठमाडौंलाई सिंगापुर  बनाउने अवसर हो भने , तपाईं हाम्रा  निम्ति पनि  "सृजनाहरु " चिन्ने  एउटा  राम्रो अवसर  हो । यी मैले भर्खरै सिंह खान्दानीकी  बुहारीचालाई  चिन्ने अवसर पाए । 

         सृजना ,  नै रहेछ यी महिलाको नाम पनि । सृजना सिंह । मैले , यी प्रकाशकी , यी सृजनाको नाम सुनेको  रहेनछु । बरु  मैले , माओवादी खान्दानाकी , प्रकाश कम्रेडकी माईली विधुवा

सृजना त्रीपाठी , उता पोखराकी उपमेयरमा सिफारिस हुँदा फ्याट्टै चिन्न सकेको थिए । तर, काँग्रेसी प्रकाशमानकी , आयुस्मती सृजना सिंह मेडमलाई चिनेको रहेनछु ।  जे होस, स्थानिय चुनाब आयो र म्यामलाई चिन्ने मौका पाईयो । नाईस टु नोईङ यु , म्याम ! 

      हेर्नुस !  लालुकी  लुगाई , रावडीदेवी यादबलाई संसारले चिनेजस्तै , तपाई  हाम्रा रावडीहरुलाई पनि चिनिने र चुनिने अधिकार छ  । तपाई हामीलाई पनि हाम्रा रावडीहरु चिन्ने अधिकार छ । लोकतन्त्रको एउटा सुन्दर पक्ष भनेकै यहि हो । राजतन्त्रमा यस्तो हुदैन । राजन्त्रमा तपाईले राजकुमार र राजकुमारीहरु जन्मिने बित्तिकै चिन्नुहुन्छ । तिनका फोटा घरमा सजाउनु हुन्छ । तर , लोकतन्त्र्मा , तपाईले चुनाब आएपछि मात्रै , बडामहारानी , अधिराजकुमार , अधिराजकुमारीहरुलाई चिन्नु हुन्छ । त्यसैले त भनेको, लोकतन्त्रको सुन्दर पक्ष भनेकै यहि हो । 

 लोकतन्त्रले गर्दा काठमाडौंबाट सृजना  म्यामलाई  जस्तै बिराटनगरबाट अमरेन्द्र  यादबजीलाई पनि चिन्न पाईयो । नाईस टु नोईङ यु ब्रो !


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक