20220406

नबुझ्नेहरुले सामन्त, दलाल र पुजिपतिको बिल्ला पनि भिराउँछन तर बुझ्नेहरुका लागि बिनोद चौधरी नेपालका राष्ट्रिय मात्र होइनन अन्तराष्ट्रिय गौरब पनि हुन !

 हुन त उनलाई नबुझ्नेहरुले सामन्त, दलाल र पुजिपतिको बिल्ला पनि भिराउँछन तर बुझ्नेहरुका लागि उनी नेपालका लागि राष्ट्रिय मात्र होइनन अन्तराष्ट्रिय गौरब पनि हुन । नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीको सम्पत्ति बढेर डेढ अर्ब डलर पुगेको छ । सन् २०२२ मा गएराति सार्वजनिक विश्वका अर्बपतिको सूचीमा चौधरी १९२९औं नम्बरमा परेका छन् । फोबर्सले सार्वजनिक गरेको सूचीमा चौधरीको कुल सम्पत्ति डेढ अर्ब उल्लेख छ । उनको सीजी कर्पोरेट ग्लोबल, नेबिल बैंक, सीजी फुड्समा लगानी रहेको भनिएको छ । ६६ वर्षीय चौधरीको वाइ वाइ चाउचाउ मुख्य ब्रान्ड रहेको फोबर्सले उल्लेख गरेको छ । वाइ वाइको उत्पादन नेपालमा मात्र नभई भारत, सर्विया, बंगलादेशसम्म फैलिएको छ । इजिप्टमा पनि वाइ वाइ उत्पादनको प्रक्रियामा छ । सीजीको होटलमा पनि लगानी रहेको छ । भारतको ताल होटल चेनमा समेत उनको लगानी छ । बिनोद चौधरीका छोराहरु निर्वाण नेपालमा व्यवसायमा सक्रिय रहेको, राहुल र वरुण नेपालबाहिर सीजी ग्रुपको कम्पनी सञ्चालन गरिरहेको फोबर्सले लेखेको छ । नेपाल मदर परिवार बिनोद चौधरीलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी बर्षहरुमा उनको अझ बढी सफलताका लागि हार्दिक शुभकामना ब्यक्त गर्दछ ।   

 

GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक