20220427

नेपाल हो यहाँ हुन्छ, के हुन्छ त भन्दा जे पनि हुन्छ, श्रीमान मेयरको उमेदवार हुन्छ, श्रीमती उपमेयरको उमेदवार हुन्छ त्यो पनि कसको त भनेर भन्दा .......!!


नेपाल हो यहाँ हुन्छ,  के हुन्छ त भन्दा जे पनि हुन्छ, श्रीमान मेयरको उमेदवार हुन्छ, श्रीमती उपमेयरको उमेदवार हुन्छ त्यो पनि कसको त भनेर भन्दा ...... जसपाको । संखुवासभाको खाँदबारी नगरपालिका मेयरमा श्रीमान र उप मेयरमा श्रीमतीको उम्मेदवारी परेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरु देखि आम मतदाता सम्मलाई चुनावले छोईसकेको छ । राजनीतिक दलहरु आफ्ना उम्मेदवारलाई भोट माग्नमा व्यस्त छन्, भने आम मतदाताहरु कस्तो व्यक्ति छान्ने भन्ने विषयमा छलफल गरिहेका छन् ।

खाँदबारी नगरपालिकामा स्थानीय चुनावको लागि रोचक पक्ष देखिएको छ । स्थानीय तह निर्वाचनको लागि खाँदबारी नगर पालिकाको मेयर उपमेयर बन्न श्रीमान श्रीमती कै उम्मेदवारी परेको हो । राजनीति लागेपछि पनि निर्वाचनमा टिकट नपाएपछि कसैले बागीको बाटो समेत रोजेका छन् । तर, केही भाग्यमानी दम्पतीले यस्ता छन्, जसका श्रीमान–श्रीमती दुवैले टिकट पाएका छन् ।

जनता समाजबादी पार्टीको तर्फबाट खाँदबारी नगरपालिकाको मेयरमा सिताराम तिम्सिना र उपमेयरमा मैयाँ देवी चिमरियाले उम्मेदवारी दर्ता गराएका छन् । खाँदबारीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिताराम र मैयाँ देवी श्रीमान र श्रीमतीको नै उम्मेदवारी परेको हो । मेयर पदका उम्मेदवार बनेका तिम्सिना जनता समाजबादी पार्टीको संघीय परिषदको केन्द्रिय सदस्य हुन् । पार्टीले जिम्मा दिएपछि श्रीमान–श्रीमतिले नै एउटै पार्टीबाट एउटै पालिकामा उम्मेदवारी दिएको तिम्सिनाले बताए ।

खाँदबारी नगरपालिका मेयरका लागि लागि ३ स्वतन्त्र सहित ९ जनाको उम्मेदवारी दर्ता गराएका छन् । खाँदबारी नगरपालिका नगर प्रमुखमा पाँच दलिय गठबन्धनबाट मेयर पदमा नेपाली काँग्रेसका महेश थपलिया,उपमेयरमा नेकपा माओवादी केन्द्रका दिब्यराज बरालको उम्मेदवारी परेको छ । मेयर पदका लागि नेकपा एमालेबाट जीतबहादुर घिमिरेको उम्मेदवारी परेको छ । त्यस्तै गरी राष्ट्रिय जनमुक्ति पार्टीका भरत राई,राष्ट्रिय जनमोचार्का हेमकुमार गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोमनाथ खनाल र स्वतन्त्र बाट प्रविन कार्की,सुदिप गुरुङ र खड्ग बहादुर दमाईले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै गरी उपमेयरमा एमालेबाट महेश्वरा बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिरादेवी श्रेष्ठ र उम्मेदवारी परेको छ । खाँदबारीमा ५७ पदका लागि १ सय ४१ जनाको उम्मेदवारी परेको छ ।

दुई पालिकामा तीन महिला वडा सदस्य निर्विरोध निर्वाचित

दुई पालिकाका तीन महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । भोटखोला गाउँपालिका – १ र – ४ दुई जना र मकालु गाउँपालिकाका एक सदस्य निर्विरोध निर्वाचित भएका हुन् । दलित महिला सदस्यतर्फ दुई र महिला सदस्यतर्फ एक जनाको मात्र उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत जयप्रकाश बस्नेतले जानकारी दिए । निर्विरोध निर्वाचित हुनेमा नेकपा एमालेबाट दुई र नेपाली काँग्रेस बाट एक जना रहेका छन् । नेकपा एमालेबाट भोटखोला वडा नम्बर – १ की दलित महिला सदस्य अम्बिका विश्वकर्मा र एमालेकै वडा नम्बर – ४ की चिम्पा भोटे र मकालु गाउँपालिका– २ मा नेपाली काँग्रेसकी दलित महिला सदस्य सविना जैरु रहेको जिल्ला निर्वाचन कार्यालय संखुवासभाले जनाएको छ ।

उनीहरूको निर्विरोध घोषणा स्थानीय तह निर्वाचन कानुनबमोजिम हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संखुवासभामा पाँच नगर÷ पाँच गाउँपालिका र ७६ वटा वडाका ४ सय पदका लागि एक हजार १३ जनाले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । - राजधानी 


 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक