20220427

प्रस्तावित "गैर आवासीय नेपाली अन्तर्राष्ट्रिय महासङ्घ" International Federation of Non Resident Nepali (IFNRN) को अनुरोध !


* NRNA पुरै नेपाली फोहोरी राजनीति, दल र दलका भातृ सङ्गठनको पूर्ण सिकार भएकोले

* विधि विधानको धज्जी उडाउँदै आम NRNA का सदस्यहरूको भावना विपरीत लज्जाजनक रूपमा पदको भागबन्डा र संस्थाकै बदनाम गर्दै अगाडि बढेकोले 

* NRNA बाट अब संस्थाको लक्ष्य र उद्देश्य अनुरूप कुनै काम कारबाही पुरा हुने नदेखिएकोले 

* तर परदेशमा रहेका नेपालीहरू र घर देश, घर देशमा रहेका नेपालीहरू बिच समन्वय गर्न 

* स्वतन्त्र र निष्पक्ष ढङ्गले विदेशमा रहेका सबै NRN हरूलाई एकता र सम्बन्ध कायम राख्दै हुन सक्ने, गर्न सकिने काम गर्ने पुलको रूपमा काम गर्न एउटा छाता संस्था अपरिहार्य भएकोले 

* हामी ठुलो कुरा होइन सानो काम गरेर देखाउन चाहन्छौँ, हामी NRN का कुरा सुन्छौँ र भावना बुझ्छौँ, राजनीति बाट पूर्ण अलग रहेर NRN का लागि छाता ओढाउँछौँ भन्ने नाराका साथ "गैर आवासीय नेपाली अन्तर्राष्ट्रिय महासङ्घ" International Federation of Non Resident Nepali (IFNRN)  गठन गर्ने वा के गर्ने भन्ने विषयमा

छलफल भइरहेको छ । संसारभर रहनुभएका NRN मित्रहरू कृपया यस बारेमा के कसो गर्दा राम्रो होला ? गठन आवश्यक छ छैन, भएमा के कस्ता कुरा लाई प्राथमिकतामा राख्न उपयुक्त हुन्छ, कृपया तपाईँलाई लागेका कुराहरू कम्मेन्टमा लेख्नुहुन वा Inbox गर्नुहुन वा internationalfederationofnrn@gmail.com मा आफ्ना धारणा इमेल गर्नुहुन सम्बद्ध सबैमा हार्दिक र विनम्र अनुरोध गरिन्छ । 

नोट : अमेरिका, युरोप, अस्ट्रेलिया लगायत NRN हरू रहनुभएका महादेश र देशहरूबाट धारणा आह्वान गरिन्छ । हाल यो अभियानमा सँलग्न  रहनुभएका ब्यक्तित्वहरुको नाम ठेगाना सबै कुरा अभियानले अन्तिम रुप नलिए सम्मका लागि बाहिर सार्वजनिक गरिएको छैन । सबैको राय सल्लाह सुझावका आधारमा अगाडि बढ्ने, राजनीति बाट पूर्ण रूपमा अलग राख्ने, आजीवन सदस्य बनाउने र आजीवन सदस्यता शुल्क १० डलर मात्र राख्ने, कुनै पनि एउटा पदमा एक कार्यकाल मात्र रहन पाइने, कार्यकाल १ वर्षको मात्र हुने, हरेक १ वर्षमा एक पटक सम्मेलन आयोजना गरेर विधि विधान अनुसार नयाँ नेतृत्व तयार गर्ने, भिजन भएको नयाँ नेतृत्व छान्ने र हस्तान्तरण गर्ने, सबै सङ्घ संस्थाहरू सँग समन्वय गर्दै संस्थालाई महासङ्घको रूपमा NRN हरू रहेका देशमा देश स्तरीय शाखा र सहरहरूमा देश स्तरीय शाखाहरू अन्तर्गत रहने गरी संसार भर महासङ्घका शाखाहरू स्थापना गर्ने जस्ता कुराहरूमा छलफल भइरहेको छ । तर अन्तिम निर्णय यहाँहरूको राय सल्लाह सुझावहरूका आधारमा तय गरिने छ । धन्यवाद 

- प्रस्तावित "गैर आवासीय नेपाली अन्तर्राष्ट्रिय महासङ्घ"

International Federation of Non Resident Nepali (IFNRN)

Email : internationalfederationofnrn@gmail.com

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक