20220516

मोदीले मूल्याङ्कन गरे होलान् कसो गरी !!

कतिखेर कान र कपाल कन्याउँछन् 
लुतो आएको बाँदरले जस्तै ! 
कतिखेर यता र उता के के गर्छन् 
खोरेत लागेको गोरुले जस्तै !
छिमेकी प्रधानमन्त्री प्रार्थना गर्छन् हात जोडेर 
उनी हात लुकाउँछन कता कता !
न धर्म छ, न त संस्कार,
मञ्चमै काढेका छन् हाइ हाइ !
निदाउँछन् घरी, घरी
घुर्छन् थरी थरी 
गार्ड झैँ पछाडि छन् उनकी परी 
मोदीले मूल्याङ्कन गरे होलान् कसो गरी !!
- रामप्रसाद खनाल 

 


राष्ट्रपति सेरेमोनियल भएको देशमा कार्यकारी प्रधानमन्त्री नै देशको मुख्य मान्छे मानिन्छ । देशको मुख्य मान्छे अर्थात प्रधानमन्त्रीको बोली चाली, व्यवहार, संस्कृति र संस्कारले देशको परिचय दिन्छ, जनताको परिचय दिन्छ । पाँचौँ पटक देशको प्रधानमन्त्री बन्नुभएका र सात पटक प्रधानमन्त्री बन्ने दौडमा रहनुभएका शेर बहादुर देउवाले बुद्ध जयन्तीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग केही समय मात्र सँगै प्रार्थना गर्दा, आसन ग्रहण गर्दा देखाउनु भएको संस्कारले हामी सबै नेपालीहरूको पनि परिचयको प्रतिनिधित्व गरेको छ । यस्तो प्रधानमन्त्री, यस्तो पार्टी सभापति पाउने हामी नेपाली जनता कति भाग्यमानी, आफै मूल्याङ्कन गरौँ । 

सामाजिक सन्जालमा पोस्ट भएका केही झाँकीहरु यस्ता छन !



नेपाल बाहिर स्वतन्त्र नेपाली पत्रिका

GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक