20220508

अमेरिकाको वाशिङ्गटन डिसीमा कविता सङ्ग्रह "माटोको दुखाइ" विमोचन, अग्रज पत्रकार, लेखक, साहित्यकार प्रा. पुरुषोत्तम दाहाललाई सम्मान, निर्वाचनमा प्रेस विषयक अन्तरक्रिया (फोटो फिचर सहित)

 

अमेरिका । विश्व प्रेस स्वतन्त्रता दिवस र  निर्वाचनमा प्रेस विषयक अन्तरक्रिया कार्यक्रमकै मञ्चबाट, लामो समय देखी पत्रकारिता, गीत सङ्गीत, साहित्य र कलाकारिताका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालको अठारौँ पुस्तक, कविता सङ्ग्रह "माटोको दुखाइ" अमेरिकाको वाशिङ्गटन डिसीमा विमोचन गरिएको छ । 



अग्रज पत्रकार, लेखक, साहित्यकार प्रा. पुरुषोत्तम दाहाल, अर्का पुराना पत्रकार पुरु घिमिरे, मेरिल्यान्ड राज्य सभाका डेलिगेट ह्यारी भण्डारी, नेपाल अमेरिका पत्रकार सङ्घका पूर्व अध्यक्षहरू क्रमशः छिरिङ शेर्पा, गौतम दाहाल, भोला आचार्य, कृष्ण शर्मा, एन आर एन अमेरिकाका बरिस्थ उपाध्यक्ष कृष्णजिबी पन्त र सर्जक राम प्रसाद खनालले एकसाथ संयुक्त रूपमा उक्त कृति विमोचन गर्नुभएको थियो । 


विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजित उक्त कार्यक्रम नेपाल अमेरिका पत्रकार सङ्घका पूर्व अध्यक्ष एवम् सगरमाथा आरोही छिरिङ शेर्पाको अध्यक्षतामा, टेलिभिजन र छापा पत्रकारिता क्षेत्रका क्रियाशील पत्रकार गौतम दाहालको सञ्चालनमा, नेपाल प्रेस युनियनका पूर्व महासचिव तरुण पौडेलको स्वागत भाषण र नेजाकै पूर्व अध्यक्ष भोला आचार्यको धन्यवाद ज्ञापनमा सञ्चालन भएको थियो । 

सो अवसरमा अग्रज पत्रकार, लेखक, साहित्यकार प्रा. पुरुषोत्तम दाहाललाई मेरिल्यान्ड राज्य सभाका डेलिगेट ह्यारी भण्डारी र नेपाल मदर डट कमका प्रधान सम्पादक समेत रहेका अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले सम्मान पत्र प्रदान गर्नुभएको थियो । 

कार्यक्रममा सम्मानित व्यक्तित्व पुरुषोत्तम दाहाल, पुरु घिमिरे, ह्यारी भण्डारी, राम प्रसाद खनाल, देशराज संयोग, डा. प्रदीप भट्टराई, कृष्ण शर्मा, छिरिङ शेर्पा, गौतम दाहाल, कृष्णजीवी पन्त, निदेश अधिकारी, विभिन्न सङ्घ संस्थाहरूका तर्फबाट राम शरण हुमागाईँ, केशव बराल, लीला ओझा, मेदिनी अधिकारी, दधि ढुङ्गाना लगायतका वक्ताले आ आफ्ना मन्तब्य राख्नु भएको थियो । 

उक्त कार्यक्रममा सर्जक रामप्रसाद खनालले आफ्नो अठारौँ पुस्तक, कविता सङ्ग्रह "माटोको दुखाइ" बाट एउटा कविता वाचन पनि गर्नुभएको थियो । 















****************************************************

म आर्यघाटमा जलाइनु अघि लमतन्न परेको लास होइन, मुर्दा होइन, जीवित नेपाली हुँ बोलेँ । बोल है बोल चितवन बासी, बोल है बोल भरतपुर बासी । देशै भरी बाट बोल मुख खोल अब त अति भयो ।

 सहनुको पनि सीमा हुन्छ । कति सहने अब पनि ? यो त अति भयो । म त बोलेँ, मुख खोलेँ । किनकि म आर्यघाटमा जलाइनु अघि लमतन्न परेको लास होइन, मुर्दा होइन, जीवित नेपाली हुँ बोलेँ । बोल है बोल चितवन बासी, बोल है बोल भरतपुर बासी । मुख खोल । देशै भरी बाट बोल मुख खोल अब त अति भयो । 

कुनै एउटा पार्टी प्रबेश गरेर, त्यो पार्टीको झन्डा मुनी बसेर, नेता बिशेषको आरती उतारेर बोलिन्छ लेखिन्छ गरिन्छ भने त्यो दाशता हो तर देखेको कुरा, भएको कुरा, न्याय संगत कुरा यथार्थ कुरा बोलेर जन चेतना जाग्रित गराउन खोज्नु त्यो

स्वतन्त्र र वास्तविक धर्म हो । म अहिले न्याय र धर्मको पक्षमा छु । मेरो बिचार लाई यती महत्वका साथ प्रस्तुत गरिदिने पत्रकार उमेश सुबेदीजी र "चुरो कुरो टिभी" च्यानललाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु । एक पटका तपाईंले पनि हेरिदिनुहुन र आफ्ना प्रतिकृया र सुझाब राखिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक