20220508

पढेलेका भिजनवालाहरुले राजनीतिमा जबर्जस्त हस्तक्षेप नगर्ने तर फलानोले देश बिगारे भन्दै हिडिरहने ??

 - ज्वाला सँग्रौला 

हिजोसम्म सडकमा बेथिति बिरुद्व बोल्दै गर्दा तपाई जस्तो मान्छे राजनीतिमा जानु पर्छ , सडकमा कराएर परिवर्तन संभव छैन भन्ने केहि मान्छेहरु आज म सक्रिय राजनीतिमा छिरेपछि रिसाउॅदै छन्। म राजनीतिमा आउनुको एउटै कारण गलत मान्छेहरुको हातमा देश गएर हो। म राजनीतिमा आउनुको एउटै कारण ती गलत मान्छेहरुलाइ तह लगाउन सक्ने एउटा इमानदार नेता राजेन्द्र लिङदेनको यो देशमा उदय भएरै हो र वहॅाजत्तिको नेतालाई मैले सपोर्ट गरेको खेर जॅादैन भनेरै हो।यदि राजेन्द्र लिङदेनको ठाउमा अरु कसैको नेतृत्वले राप्रपा हॅाक्न हिंडेको थियो भने म मात्र हैन , यो मुलुकमा अहिले राप्रपा प्रति सद्भाव र सहानुभूति राखिरहेका भीडहरु प्राय आउने नै थिएनन्। तसर्थ नेतृत्व असल भयो भने देशमा जुनसुकै ब्यबस्था भएर पनि फरक पर्दैन भन्दै नागरिकहरुको यो पार्टीप्रति आशा र विश्वास बढेको हो। अहिले देशमा गणतन्त्र छ । तर गणतन्त्र आएको यतिका बर्ष बितिसक्दा पनि गरिब जनताहरु यो तन्त्रबाट लाभान्वित हुन सकिरहेका छैनन् । तर यहॅा केहि कुराहरु सॅाचो बोल्नै पर्छ । गणतन्त्र धनतन्त्रमा परिणत भएको सॅाचो हो, त्यो धनतन्त्रले नेताहरु र तिनिहरुका आसेपासेको जीबन बनाएको सॅाचो हो। छोरीलाइ मेयर , बुहारीलाई मन्त्री, भाईलाई सॅासद , भतिजोलाई राजदुत अनि आसेपासेलाई ठाउॅ खोजीखोजी भर्ती गराएको एकदम सॅाचो हो। जब क्रान्तिको उदेश्य धन कमाउन तिर लालयित हुन्छ, तब त्यो क्रान्ति द्रुत गतिमा बदनाम हुन्छ । तसर्थ जस्ले आफूलाइ गणतन्त्रको नायक मान्छ यो देशमा उस्को क्रान्तिकारी चेहराको आवरण भित्रको फर्जी अवतार उत्रिईसकेपछि यो सिंगो ब्यबस्था नै भीरमा अड्किएको बुढो गोरु जस्तो भयो र यस्लाई रामराम भन्न बाहेक अरु केहि गर्न सकेनन् जनताले।

फलस्वरुप  उनीहरुले बिकल्प खोजेकै हो र मैले पनि बिकल्प खोजेकै हो। यतिबेला राजेन्द्र लिङदेन यी सडेगलेकाहरु बीचमा उभिएको उत्कृष्ट बिकल्प हो जस्को अनुहारमा हेरेर पनि मान्छे गद्वारी गर्न डरॅाउछ। यो देशले बहुदल पश्चात तीन दशक यता एउटा राम्रो नेता पाएको भनेकै राजेन्द्र लिङदेन हो तसर्थ वहॅालाई मैले मात्र हैन सबैले एकपटक मौका दिनैपर्छ भनेरै म राजनीतिमा आएकी छु। 

       केहि साथीहरु भन्नुहुन्छ , तपाई स्वतन्त्रै बसेको ठीक हुने थियो। तर म आफू स्वतन्त्र बस्दै गर्दा मैले गर्न सक्ने केहि पनि थिएन । सिर्फ म माईतिघर मण्डला धाउने र बेथिति बिरुद्व कराउने एक निरिह पात्र थिएं। त्यसरी कराउदै गर्दा र दुईचार पीडितलाइ सहयोग गर्दै हिड्दा मलाई दुईचार मान्छेहरुले वाहीवाही गर्नु हुन्थ्यो। तर त्यो दुईचार वाहीवाही पाएर यो समाज र देश बन्नेवाला थिएन । जब समाज असफल भैसकेको छ  भने, जब राष्ट्र असफल भैसकेको छ  भने त्यस्तो “असफल “ राष्ट्रको “सफल “ नागरिक हुनुमा के मजा आउंछ र? मलाई नपुग्दो केहि थिएन, दुईचार जनाले चिन्ने भएकै थिएं, एकजना पीडित उद्वार गरेबापत हजारौं धन्यबाद खाएकै थिएं, जीबनमा अगाडि अवसरहरु चाङका चाङ थिए, हिड्नलाई बाटो सजिलो थियो, समग्रमा म ठिकठाक थिएं। तर के गर्नु देश डामाडोल , भद्रगोल थियो । तसर्थ दुईचार जनाको आंखाको नानी बनेर समाजसेवामै सडकमा जीबन सिध्याउनु भन्दा बरु दुईचार हजार को आंखाको कसिंगर बनेर भएपनि राजनीतिमा प्रबेश गरेर अझ फराकिलो तरिकाले न्यायिक समाजको , समृद्व समाजको , उत्कृष्ट समाजको रुपरेखा कोर्न सक्ने ठाउमा बसेर काम गर्नु उचित लागेर म राजनीतिमा आएकी हुं। राजनीति भनेको गुण्डाहरुले मनोमानी गर्ने ठाउॅ होईन, यो राज्यको नीति निर्माण गर्ने र जनताको जीबन उकास्ने ठाउॅ हो। यस्तो पवित्र ठाउलाई फोहोरी बनाएर , यस्तो पबित्र ठाउॅलाई गिजोलेर , यस्तो पबित्र ठाउॅलाई आफ्नो स्वार्थको लालकिल्ला बनाएर अनि यस्तो पबित्र ठाउलाई साम्राज्यबादको कठपुतली बनाएर आफ्नै घरमा आगो लगाएर खरानीको ब्यापार गर्नेहरुलाई ठेगान लगाउन म मात्र हैन अब हरेक सचेत नागरिकहरु यो रणभूमिमा उत्रन जरुरी छ । 

         म राजनीतिमा आएको दिनदेखि मलाई नियमित हौसला दिनेहरुप्रति आभारी छु अनि प्रतिसोध सॅाध्ने, रिस गर्ने, र गाली गर्नेहरु सबैलाई सम्झेकी छु, सबैका सबैखाले प्रतिक्रियाहरुलाई सकारात्मक उर्जाको रुपमा लिएकी छु। पढेलेका भिजनवालाहरुले राजनीतिमा जबर्जस्त हस्तक्षेप नगर्ने तर हलानो फलानोले देश बिगारे भन्दै हिडिरहने मात्र हो भने देश झन् बिग्रन्छ। देश कहॅा कहॅा प्वाल पर्दै छ, त्यो औंल्याउनेले त्यो प्वाल टाल्ने हिम्मत पनि राख्नु पर्छ। तसर्थ त्यो हिम्मत मैले गरेकी छु। अब पालो तपाईंहरुको। 

#जयराष्ट्रबाद 🇳🇵😍



 ज्वाला अन्याय, अत्याचार, भ्रस्टाचारका बिरुध्द बोल्ने आगाको ज्वाला नै हुन भन्दा हुन्छ । 

******************************************


म आर्यघाटमा जलाइनु अघि लमतन्न परेको लास होइन, मुर्दा होइन, जीवित नेपाली हुँ बोलेँ । बोल है बोल चितवन बासी, बोल है बोल भरतपुर बासी । देशै भरी बाट बोल मुख खोल अब त अति भयो ।

 सहनुको पनि सीमा हुन्छ । कति सहने अब पनि ? यो त अति भयो । म त बोलेँ, मुख खोलेँ । किनकि म आर्यघाटमा जलाइनु अघि लमतन्न परेको लास होइन, मुर्दा होइन, जीवित नेपाली हुँ बोलेँ । बोल है बोल चितवन बासी, बोल है बोल भरतपुर बासी । मुख खोल । देशै भरी बाट बोल मुख खोल अब त अति भयो । 

कुनै एउटा पार्टी प्रबेश गरेर, त्यो पार्टीको झन्डा मुनी बसेर, नेता बिशेषको आरती उतारेर बोलिन्छ लेखिन्छ गरिन्छ भने त्यो दाशता हो तर देखेको कुरा, भएको कुरा, न्याय संगत कुरा यथार्थ कुरा बोलेर जन चेतना जाग्रित गराउन खोज्नु त्यो

स्वतन्त्र र वास्तविक धर्म हो । म अहिले न्याय र धर्मको पक्षमा छु । मेरो बिचार लाई यती महत्वका साथ प्रस्तुत गरिदिने पत्रकार उमेश सुबेदीजी र "चुरो कुरो टिभी" च्यानललाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु । एक पटका तपाईंले पनि हेरिदिनुहुन र आफ्ना प्रतिकृया र सुझाब राखिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक