20220528

नीति तथा कार्यक्रम बहुमतले पारित : संसद सचिवालय

 सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । संसदको  बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित भएको संसद सचिवालयले जनाएको छ । यसअघि छलफलका क्रममा विपक्षी सांसदहरुले सरकारको नीति कार्यक्रम वर्तमान समस्या समाधान गर्न सक्ने खालको नभएको टिप्पणी गरेका थिए । यसैवीच, प्रधानमन्त्री शेरवहादुर देउवाले नेपालको भूमिलाई कुनै पनि मुलुक विरुद्ध प्रयोग हुन नदिने बताउनुभएको छ । सरकार एक चीन नीति प्रति प्रतिवद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिदै उहाँले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उल्लेख गर्नुभयो । छिटफुट घटनालाई लिएर निर्वाचनमाथि प्रश्न उठाउन नमिल्ने उहाँको भनाइ थियो । कोभिड नियन्त्रण र खोप प्रदानमा सरकार सफल भएको प्रधानमन्त्री देउवाले दावी गर्नुभयो । आर्थिक संकट समाधान गरी जनजीवनलाई सामान्य बनाइने उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक