एमाले अध्यक्ष ओलीले आफ्नै पार्टी एमालेको निर्णयका बिरुद्ध बोल्दै कैलालीमा आफ्नो दुई जिब्रे चरित्र उदाङ्गो पारे !
तत्कालीन एमाले सचिव प्रदीप ज्ञवालीले २०७४ जेठ ५ मा विज्ञप्ति जारी गर्दै भनेका थिए - ‘आपराधिक घटनालाई राजनीतिक आवरण दिई तिनमा संलग्नलाई उन्मुक्ति दिन सरकारले गरेको निर्णयप्रति नेकपा एमाले गम्भीर आपत्ति प्रकट गर्दछ,’ ज्ञवालीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको थियो, ‘उक्त निर्णय तत्काल फिर्ता लिन र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ।’ तर एमाले अध्यक्ष ओलीले आफ्नै पार्टी एमालेको निर्णयका बिरुद्ध बोल्दै कैलालीमा आफ्नो दुई जिब्रे चरित्र उदाङ्गोपारेका छन । ओलीले रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण नै नभएको दाबी गरेका छन। सेतोपाटीका अनुसार आज कैलालीमा एमालेले गरेको सभामा बोल्दै उनले घटना हुँदा कैलालीमा नरहेका चौधरीलाई मुद्दा लगाइएको बताएका थिए। ‘यहाँका थारू नेता जेलमै छन्। अनेकौं हजारौं मानिस मरे जेलमा हुनु परेन। यहाँ हुँदै नभएको मान्छेलाई मुद्दा लगाएर। रेशम चौधरी त्यसबेला यहाँ थिएनन्, उनलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन,’ ओलीले भने। आफू प्रधानमन्त्री हुँदा थारू समुदायका नेतासँग छ बुँदे सहमति गरेर समस्या समाधान गर्न खोजेको पनि ओलीको भनाइ थियो।
‘थारू समुदायसँग, थारू समुदायका नेतासँग छ बुँदे सहमति गरेर हामीले समस्या समाधान गर्न प्रतिवद्धता जनाएको हो तर सरकार गयो,’ उनले भने, ‘अहिलेको सरकारले समस्याको समाधान गरेन। भोटको राजीनीति मात्रै गर्छ।’ आफू नेतृत्वको सरकार र गृहमन्त्रीले नै थारू समुदायले उठाएका माग सम्बोधन गर्न पहल गरेको दाबी ओलीको थियो। २०७५ फागुन २२ मा जिल्ला अदालत कैलालीले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो। थारू आन्दोलनका क्रममा २०७२ साल भदौ ७ मा कैलालीको टीकापुरमा हिंसात्मक झडप भएको थियो। त्यसबेला एसएसपीसहित आठ जनाको मृत्यु भएको थियो। उक्त घटनापछि रेशम फरार थिए। उनले ०७४ मा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा चुनाव पनि जितेका थिए। उनलाई सांसदको सपथ पनि खुवाइएको थियो।
हुन त ओली आफ्नो ब्यक्तिगत र पार्टीगत फाईदाका लागि जे पनि बोल्छन जसो पनि गर्छन् भन्ने कुरा बारम्बार प्रमाणित भैसकेको छ । ओली यिनै हुन जो माओवादी बिरुद्ध आगो ओकलेर चर्चामा आए पछि तिनै सँग एकता गरे र पछि फेरी छुट्टीए । चोथाले ओली उखान टुक्का भन्न र मान्छे हँसाउन भने माहिर छन । यिनले नेपालका हाँस्य कलाकारहरुलाई माथ गरिसकेका छन ।
अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक