20220509

नेपालका प्रधानमन्त्री, नेताहरु, मन्त्री, पूर्व मन्त्री, साँसदहरु बेलैमा सचेत हौ है ! श्रीलङ्का दुर नही हे !

 
श्रीलङ्कामा प्रधानमन्त्री, नेता, मन्त्रीहरुको घर, गाडी, अफिस र सँसद भवनमा जनताले आगो लगाए रे ! सांसदहरुको भागाभाग र आत्महत्या ! नेपाल टाढा छैन श्रीलँकाबाट राजनीतिक, आर्थिक हर हिसाबमा । नेपालका प्रधानमन्त्री, नेताहरु, मन्त्री, पूर्व मन्त्री, साँसदहरु बेलैमा सचेत हौ है ! श्रीलङ्का दुर नही हे ! 

श्रीलंकामा सरकार विरोधी प्रदर्शन हिंसात्मक हुन थालेको छ । चरम आर्थिक संकटका कारण विरोध बढेसँगै प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपनि स्थिति नियन्त्रण बाहिर गएको छ । त्यहाँ हिंसा भड्कदा एकजना सांसदको मृत्यु भएको छ । सत्तारुढ दलका सांसद अमराकेर्ती अथुकोरालाको हत्या भएको छ । उनीसहित २ जनाको झडपका क्रममा हत्या भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । पदबाट राजीनामा दिएका राजापाक्षेको पुख्र्यौली घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मेडामुलाना भन्ने ठाउँमा उनको घरमा आगनजी भएपछि सेना परिचालन भएको थियो । सोमबार ७६ वर्षीय राजापाक्षेले राष्ट्रपति समेत रहेका आफ्ना भाई गोटावाया राजापाक्षेसमक्ष राजीनामा बुझाएका थिए । उनले सर्वदलीय सरकारको निर्माणको आग्रह समेत गरेका छन् । श्रीलंका इतिहासकै चरम आर्थिक संकटमा परेपछि विरोध चर्किएको हो । वैदेशिक मुद्रा सचिती निकै कम छ । इन्धनको संकट चुलिएको छ । खाद्य संकटले श्रीलंका समस्यामा परेको छ । पूर्वाधार विकासका लागि चीनसँग उसले अरबौं डलरको ऋण लिएको थियो । यसले पनि उसलाई संकटमा धकेल्यो । श्रीलंकाले अरबौं डलर सहयोग लिइसकेको छ ।  
******************

परिवर्तन चाहिएको छैन भने यिनै पौराणिक पार्टीहरुलाई भोट गरौं, आफुहरुको मात्र होइन आफ्ना सन्ततिहरुको भबिस्य पनि बर्बाद पारौं

यही बैशाख ३० गते हुने स्ठानिय निर्वाचनमा सोंच बिचार गरेर, योग्य, इमान्दार उम्मेदवारलाई भोट दिउँ, भ्रस्ट बेइमानलाई होइन । नत्र त्यसको सजायँ भोग्ने हामी आफै हो है ! परिवर्तन तपाईं हामीबाटै सम्भब छ । परिवर्तन यसै मतदान बाटै सम्भब छ । होइन परिवर्तन चाहिएको छैन भने यिनै पौराणिक पार्टीहरुलाई भोट गरौं, आफुहरुको  मात्र होइन आफ्ना सन्ततिहरुको भबिस्य पनि बर्बाद पारौं । आगे तपाईंहरुकै जो मर्जी !  

***

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक