20220527

चलिरहेका नेपाली टेलिभिजन मध्येको अग्रणी एक जनता टेलिभिजन निकट भविष्यमा सार्वजनिक शेयर (आइपीओ) जारी गर्दै, सम्झौता सम्पन्न


 हुन त नेपालमा टेलिभिजनहरुको बाढी छ । थपिँदै गएका टेलिभिजनहरु पनि धेरै प्रभाबकारी बन्न नसक्दा फेसबुक लगायतका सामाजिक सन्जालमा मान्छेका आँखा दौडिन्छन आजकल । त्यस माथि युट्युबरहरुले पनि टेलिभिजनका दर्शक अल्मलाइदिने क्रम बढ्दो छ । चलिरहेका नेपाली टेलिभिजन मध्ये जनता टेलिभिजन पनि एक हो । त्यही जनता टेलिभिजनको प्रसारण कम्पनी जनता प्रसारण तथा प्रकाशन लिमिटेडले निकट भविष्यमा सार्वजनिक शेयर (आइपीओ) जारी गर्ने भएको छ । शेयर कारोबार र आइपीओ जारी गर्ने सम्बन्धमा बिहीवार जनता प्रसारण तथा प्रकाशन लिमिटेड र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतापत्रमा जनता तर्फबाट सञ्चालक समिति अध्यक्ष डा. विजयकुमार पौडेल र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गर्नुभएको छ ।

सो अवसरमा बोल्दै अध्यक्ष पौडेलले जनता आइपीओमा गएसँगै नेपाली मिडियाको क्षेत्रमा नयाँ युगको शुरुवात हुने बताउनुभयो । यसले लगानीकर्ताहरुले व्यक्तिगत लाभ र उद्देश्य प्राप्तिका लागि मात्र मिडियामा लगानी गर्छन् भन्ने जनगुनासोको समेत अन्त्य हुने उहाँले बिश्वास व्यक्त गर्नुभयो । ग्लोबल आइएमइ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले नेपालको शेयर बजारमा मिडिया क्षेत्रको आइपीओ पहिलोपटक जारी हुन लागेको जानकारी दिनुभयो । यसले नेपालको शेयरबजारमा नयाँ प्लेटफर्म भित्रिने र सर्वसाधारण शेयर लगानीकर्ताहरुले समेत नयाँपनको अनुभूति गर्न पाउने बताउनुभयो । साथै निश्चित प्रवृत्तिका कम्पनीहरुको शेयर कारोबार राष्ट्र बैंक वा अन्य निकायको एउटा निर्णयले सबै तरंगित हुने गरेको अवस्थामा पब्लिक मिडियामा गरिने शेयर लगानीले नयाँ मानक स्थापना गर्नसक्ने उहाँको बिश्वास छ । नेपाली शेयर बजारमा नयाँ काम थालनीमा साझेदार हुन पाउँदा उहाँले खुशी व्यक्त गर्नुभयो । जनता टेलिभिजनका समाचार प्रमुख टंक पन्तले दक्षिण एशियाकै सामुदायिक टेलिभिजन आइपियोमा जाने भएपछि धेरै क्षेत्रबाट सुभेक्षा प्रकट भएको भन्दै सो अनुसार आइपियोमा जाने प्रक्रिया छिट्टै व्यवहारिक रुपमा लागु हुने बिश्वास व्यक्त गर्नुभयो ।

झण्डै १२ सयभन्दा बढी सर्वसाधरण शेयरधनीहरुको संस्थापक शेयर लगानी रहेको जनता प्रसारण तथा प्रकाशन लिमिटेडले हाल जनता टेलिभिजन एचडी, रेडियो जनता ८९.१, जनता समाचार डटकम र जनता प्रकाशन सञ्चालन गर्दै आएको छ । यि सबै संचार माध्यमलाई प्रभाबकारी र समयनुकुल बनाउन संघर्सरत देखिनुहुन्छ अध्यक्ष डा. विजयकुमार पौडेल । वहाँ र वहाँको टिमलाई सफलअता मिलोस नेपाल मदर को पनि हार्दिक शुभकामना ।     

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page      

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक